मुख्य समाचार
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारे
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारे

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्तावलाई स्वीकारेका छन्। युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा पुटिनसँग व्यक्तिगत वार्ता गर्न तयार रहेको बताएका छन्।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई सुझाव दिएका थिए। त्यसलगत्तै जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू वार्ताको लागि तयार रहेको बताएका हुन्।


'अब अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैं बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु,' जेलेन्स्कीले लेखेका छन्।



जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको तर वार्ताअघि युद्धविराम लागू हुनुपर्ने सर्त राखेका थिए।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमा शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा स्पष्ट गर्न युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्ने जनाएका थिए।

उनले लेखेका थिए, 'कम्तिमा सम्झौता हुन सक्छ कि सक्दैन भनेर थाहा हुनेछ। यदि भएन भने अमेरिका र युरोपेली देशहरूले अब के गर्नुपर्छ भनेर थाहा पाउनेछन्। अहिले नै वार्ता गर्नुहोस्।'

शनिबार रूसी राष्ट्रपति पुटिनले युक्रेनलाई गम्भीर वार्ताको लागि आमन्त्रित गरेका थिए।

सन् २०२२ बाट रुस र युक्रेनबीच युद्ध चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अक्टोबर २७ मा हुने आम निर्वाचनअघि इरानमाथि आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन्। बुधबार इजरायली आर्मी रेडियोसँग कुराकानी गर्दै प्रधानमन्त्री नेतान्याहुले चुनावअघि इरानमाथि हमला गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। यद्यपि, उनले चेतावनी दिँदै भने, 'यदि इरानले इजरायलमाथि आक्रमण गर्‍यो भने त्यसको कडा र निर्णायक जवाफ दिइनेछ।' प्रधानमन्त्री नेतान्याहुका अनुसार इरानले ...