मुख्य समाचार
च्याम्पियन लिभरपुलसँग आर्सनलको २–२ बराबरी
च्याम्पियन लिभरपुलसँग आर्सनलको २–२ बराबरी

— आर्सनलले संघर्ष गर्दै आइतबार इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–२ को महत्त्वपूर्ण बराबरीमा रोकेको छ । यसले आर्सनलको अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने आशालाई बलियो बनाएको छ । दोस्रो स्थनमा रहेको आर्सनल छैटौं स्थानको एस्टन भिल्लाभन्दा ५ अंकले अगाडि छ ।


कोडी गाक्पो र लुइज डियाजको गोलमा लिभरपुलले एनफिल्डमा पहिलो हाफमै २ गोलको अग्रता बनाएको छ । एउटा अर्को सिजन उपाधिविहीन हुनुपरेको आर्सनलबाट ग्याब्रियल मार्टिनेली र मिकेल मेरिनोले गोल फर्काएका थिए । खेल समाप्त हुन ११ मिनेट अगाडि मेरिनो दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे पनि आर्सनलले लिभरपुलको आक्रमणलाई झेलेको थियो । लिभरपुलले २ खेल अगावै प्रिमियर लिगको उपाधि जितिसकेको छ ।


रेलिगेसनमा परिसकेको लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–२ को बराबरीमा रोकेको छ । युरोपेली च्याम्पियन्स लिगमा छनोटका लागि प्रयासरत फरेस्टका लागि यो नतिजा गम्भीर धक्का रहेको छ र शीर्ष पाँचको सम्भावना अब उसको एक्लो प्रयासले पुग्ने छैन ।

फकुन्डो बोनानोटले ८१ औं मिनेटमा लेस्टरका लागि बराबरी गोल गरे । लेस्टरले नै १६ औं मिनेटमा कोनोर कोडीको गोलले अग्रता लिएको थियो । त्यसपछि मोर्गन गिब्स–ह्वाइटले २५ र क्रिस उडले ५६ औं मिनेटमा गोल गर्दै फरेस्टलाई खेलमा फर्काए । यो नतिजापछि फरेस्ट ६२ अंकमा सातौं स्थानमा रह्यो । उसको शीर्ष पाँचको सम्भावना अन्य टिमको खराब प्रदर्शनमा पनि टिक्नेछ । लेस्टरको भने ३१ अंक भएको छ ।

यसपल्ट इंग्ल्यान्डबाट ६ टिमले अर्को सिजनको च्याम्पियन्स लिगमा चुनौती पेस गर्नेछन् र त्यसमध्ये पाँच टिम लिगको शीर्षमा रहने छन् । अर्को छैटौं टिम भने युरोपा लिग विजेता हुनेछ । त्यसमा दुवै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र टोटनहम भिड्दै छन् । उनीहरू दुवै संयोगले आइतबारको खेलमा भने पराजित भएका छन् । दुवैले आफ्नै घरेलु मैदानमा भएको खेल गुमाएका हुन् ।

वेस्ट ह्यामले युनाइटेडलाई २–० ले हरायो भने टोटनहमलाई क्रिस्टल प्यालेसले २–० ले नै निराश पारेको हो । आइतबारको पहिलो खेलमा न्युकासल युनाइटेडले दस खेलाडीमा सीमित चेल्सीलाई २–० ले पराजित गरेको थियो र यो नतिजाले शीर्ष पाँचको समीकरणमा ठूलो प्रभाव पार्नेछ । यो नतिजापछि न्युकासलले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्ने सम्भावना बलियो भएको छ । सेन्ट जेम्स पार्कमा भएको खेल अगाडि दुवै टिम समान ६३ अंकमा थिए । आफ्नो घरेलु मैदानमा न्युकासलले सानदार सुरुआत लिएको थियो र त्यसक्रममा दोस्रो मिनेटमै सान्ड्रो टोनालीले गोल गरे । दोस्रो गोल भने खेलको अन्तिम मिनेटमा सम्भव भएको थियो र यो ब्रुनो गुइमारेसका नाममा रह्यो । यो जितपछि न्युकासलको ६६ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।

अबको खेलका लागि न्युकासल दोस्रोमा रहेको आर्सनलको भ्रमणमा निस्कनेछ भने एभरटनविरुद्धका घरमा हुने खेलसँगै यो सिजनमा पूर्णविराम लगाउनेछ । म्यानचेस्टर सिटी ६५ अंकमा चौथो स्थानमा छ । चेल्सी ६३ अंकमा पाँचौंमा छ भने एस्टन भिल्ला ६३ अंकमा छैटौंमा छ । सिटी शनिबारको खेलमा साउथह्याम्पटनको हातबाट गोलरहित बराबरीमा रोकिएको थियो । लिग तालिकाको पुछारमा रहेको टिमसँगको बराबरी सिटीका लागि धक्का रहेको छ ।



सिटीले अर्को साता एफएकपको फाइनलमा क्रिस्टल प्यालेससँग भिड्दै छ । छैटौं स्थानमा रहेको भिल्लाले भने बर्नमाउथलाई १–० ले पराजित गरेको थियो । पेप ग्वार्डिओलाले लिगको अन्तिम खेलसम्म पनि शीर्ष पाँचका लागि चर्को प्रतिस्पर्धा चेल्ने प्रतिक्रिया दिएका छन् । सिटीका व्यवस्थापकले भने, ‘योपल्टको सिजन हाम्रा लागि निकै कठिनाइले भरिएको रह्यो, यसमा कुनै शंका छैन । अन्तिम खेलसम्म पनि शीर्ष पाँचका लागि सबैले संघर्ष गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...