मुख्य समाचार
दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाए
दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाए

: फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाएको छ।



बेइजिङले जापानबाट सर्तसहित आयात पुनः सुरु गर्ने बताएको छ। तर यो टोकियो र फुकुशिमासहित जापानका ४७ प्रिफेक्चरमध्ये १० मा लागू हुने छैन।



चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा लिइएका नमुनाहरूमा कुनै अनियमितता नभेटिएको जनाएको छ।



२०११ मा आएको सुनामीले उत्तर–पूर्वी जापानमा अवस्थित फुकुशिमा प्लान्टका तीन रिएक्टर डुबाएको थियो। यो चेर्नोबिल पछि विश्वको सबैभन्दा ठुलो आणविक दुर्घटना मानिन्छ।

२०११ को सुनामीमा फुकुशिमा प्लान्टका ६ वटा आणविक रिएक्टरमध्ये तीनवटा नराम्ररी क्षतिग्रस्त भएका थिए। वर्षौंको अवधिमा त्यहाँ १० लाख टनभन्दा बढी प्रशोधित फोहोर पानी जम्मा भएको छ।

२०२३ मा जापानले यो प्रशोधित दूषित पानी समुद्रमा छोड्न थालेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाकिस्तानले हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सघाउन आफ्नो सेना पठाउने भएको छ। पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा विद्यमान रक्षा सहकार्यसम्बन्धी सम्झौताअन्तर्गत पाकिस्तानी सैनिक साउदी अरब जाने उल्लेख छ। यद्यपि, पाकिस्तानले कति सैनिक पठाउने, उनीहरूको ठोस जिम्मेवारी के हुने, कति समयसम्म तैनाथ गरिने र कहिलेसम्म साउदी अरब पुग्ने भन्नेबारे विस्तृत जानकारी दिएको छैन। अमेरिकाको प्रमुख क्षेत्रीय ...
— फ्रान्स, बेलायत, क्यानडा र अस्ट्रेलियासहित आठ देशले सन् २०२७ को पहिलो तीन महिनाभित्र संसदीय तथा राष्ट्रपतीय निर्वाचन गराउन प्यालेस्टिनी प्राधिकरणलाई आग्रह गरेका छन्। अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, लक्जेम्बर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति महमुद अब्बासले निर्वाचन स्थगित गरेको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्। प्यालेस्टाइनमा नोभेम्बर २८ मा हुने तय भएको संसदीय ...
। इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्। राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, ‘इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।’ यस हप्ता ...
। अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ । द वासिङ्टन पोस्टले शनिबार प्रकाशित रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिङ्कको अनधिकृत प्रयोग अमेरिकी सेनाविरुद्धका आक्रमणसँग जोडिएको जनाएको छ । कम्पनीभित्रको छलफलबारे जानकार दुई व्यक्तिका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि स्पेसएक्सका सीईओ एलन मस्क असन्तुष्ट ...
। साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपालसहित विभिन्न देशका एयरलाइन्सले साउदी अरबका गन्तव्यमा हुने उडान स्थगित तथा रद्द गर्ने क्रम जारी राखेका छन् । यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल तथा पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेपछि क्षेत्रीय हवाई सेवामा अवरोध भएको हो । नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । ...