मुख्य समाचार
अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी
अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी

: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्।



'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई लाज हुनुपर्छ। यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु,' मस्कले एक्समा भनेका छन्।



मस्कको यो प्रतिक्रिया सिनेटमा राष्ट्रपति ट्रम्पद्वारा प्रवर्तित विवादास्पद आर्थिक विधेयकमाथिको अन्तिम मतदानको पूर्वसन्ध्यामा आएको हो। त्यसपछि मस्कले थपे, 'यदि यो विधेयक पारित भयो भने, नयाँ पार्टी भोलिपल्टै सुरु हुनेछ। हामीलाई अब डेमोक्र्याट वा रिपब्लिकन होइन, नयाँ विकल्प चाहिन्छ जसले जनताको आवाज सुन्न सकोस्।'



ट्रम्पले पनि मस्कको चुनौतीलाई सहर्ष लिएका छन्। उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसियलमा भनेका छन्, 'इतिहासमा कुनै पनि मानिसले एलनभन्दा बढी सरकारी अनुदान पाएको छैन। यदि अनुदान हटाइयो भने, ऊ दक्षिण अफ्रिका फर्किन बाध्य हुनेछ। देशको पैसा बचाउन सायद हामीले हामीले यो विषय हेर्न लगाउनुपर्छ।'

मस्कले गत निर्वाचनमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न झण्डै २७५ मिलियन डलर खर्च गरेका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार मस्कको चेतावनी राजनीतिक रणनीतिमात्र नभई अमेरिकी राजनीतिमा नयाँ शक्ति केन्द्र बन्ने सम्भावनाको संकेत पनि हुन सक्छ। यद्यपि, मस्कले प्रस्तावित अमेरिका पार्टीको औपचारिक ढाँचा, नेतृत्व वा नीति एजेन्डा अहिलेसम्म खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...