मुख्य समाचार
अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी
अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी

: अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन्। उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेका हुन्।



'बृहत खर्च विधेयक' पारित गरिएको भोलि 'अमेरिका पार्टी' नामक नयाँ दल खोल्ने उनले बताएका हुन्। 'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने? यस्ता सांसदहरूलाई लाज हुनुपर्छ। यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु,' मस्कले एक्समा भनेका छन्।



मस्कको यो प्रतिक्रिया सिनेटमा राष्ट्रपति ट्रम्पद्वारा प्रवर्तित विवादास्पद आर्थिक विधेयकमाथिको अन्तिम मतदानको पूर्वसन्ध्यामा आएको हो। त्यसपछि मस्कले थपे, 'यदि यो विधेयक पारित भयो भने, नयाँ पार्टी भोलिपल्टै सुरु हुनेछ। हामीलाई अब डेमोक्र्याट वा रिपब्लिकन होइन, नयाँ विकल्प चाहिन्छ जसले जनताको आवाज सुन्न सकोस्।'



ट्रम्पले पनि मस्कको चुनौतीलाई सहर्ष लिएका छन्। उनले आफ्नो प्लेटफर्म ट्रुथ सोसियलमा भनेका छन्, 'इतिहासमा कुनै पनि मानिसले एलनभन्दा बढी सरकारी अनुदान पाएको छैन। यदि अनुदान हटाइयो भने, ऊ दक्षिण अफ्रिका फर्किन बाध्य हुनेछ। देशको पैसा बचाउन सायद हामीले हामीले यो विषय हेर्न लगाउनुपर्छ।'

मस्कले गत निर्वाचनमा ट्रम्प र रिपब्लिकन उम्मेदवारहरूलाई समर्थन गर्न झण्डै २७५ मिलियन डलर खर्च गरेका थिए। राजनीतिक विश्लेषकहरूका अनुसार मस्कको चेतावनी राजनीतिक रणनीतिमात्र नभई अमेरिकी राजनीतिमा नयाँ शक्ति केन्द्र बन्ने सम्भावनाको संकेत पनि हुन सक्छ। यद्यपि, मस्कले प्रस्तावित अमेरिका पार्टीको औपचारिक ढाँचा, नेतृत्व वा नीति एजेन्डा अहिलेसम्म खुलाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...