मुख्य समाचार
एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने
एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने

: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो।



नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ३२.४ ओभरमा ६० रन बनाउँदै अलआउट भयो। भुटानका लागि छिरिङ दावाले सर्वाधिक १४ रन बनाए। उनले ३२ बलमा २ चौका प्रहार गरे। ओपनर उग्यान चोपेलले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। किन्ले छिरिङ ६ रनमा अविजित रहे।



नेपालका लागि बलिङतर्फ कप्तान विपिन प्रसाद शर्माले ४ विकेट लिए। सुयोग भट्टराई र सचिन भट्टले समान २–२ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि रौनक श्रीवास्तवले सर्वाधिक १६८ रनको पारी खेले। उनले १३२ बलमा १६ चौका र पाँच छक्का प्रहार गरे। रौनक अन्तिम ओभरको चौथो बलमा क्याच आउट भए।



जोए थापा र रौनक श्रीवास्तवले १७० रनको शतकीय साझेदारी गर्दै नेपालको स्कोर ३०० माथि पुर्‍याउन मद्दत गरेका थिए। जोए थापा ६१ रनमा अविजित रहे। उनले ६८ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा अविजित रहे।

नेपालका ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसी दोहोरो अंकको रन बनाउन नसक्दै पेभेलियन फर्किँदा तेस्रो क्रमका ब्याटर श्रीवान्स बजगाईंले ५४ रनको अर्धशतकीय पारी खेल्दै रनआउट भए। सुगम बुढाथोकीले ३५ रन बनाउँदै क्याचआउट भए।

भुटानका लागि बलिङतर्फ सांगे दोर्जीले सर्वाधिक ३ विकेट लिए तेन्जिङ जम्सोले १ विकेट लिए। नेपालले यसअघि समूह चरणको तीन खेल जितिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट दोस्रो खेलमा जापानविरुद्ध ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३७० रनले हराएको थियो।

मलेसिया भने समूह बी को उपविजेता हो। मलेसिया हङकङसँग मात्र पराजित भएको थियो। हङकङ भने समूह बी को विजेता बनेर समूह ए को उपविजेता सिंगापुरसँग खेल्ने छ। सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् भने फाइनल शनिबार हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो। प्रतियोगिताको फाइनल खेल जुलाई ५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...