मुख्य समाचार
थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरे
थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरे

: थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो।



टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै 'अंकल' भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो।



उनको विरोधमा हजारौं मानिसहरू बैंककको सडकमा उत्रिएर राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। यद्दपि सिनावात्राले फोन कलका लागि माफी मागेकी थिइन्।



गत वर्ष साउन ३२ गते उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले सम्भावित राष्ट्रिय एकता सरकारमा सहभागी हुन गाजा, लेबनान र सिरियामा युद्धका क्रममा स्थापना गरिएका सुरक्षा क्षेत्र कायम राख्नुपर्ने सर्त अघि सारेको छ। लिकुड पार्टीले शनिबार एकता सरकार गठनसम्बन्धी वार्तामा सहभागी हुन विभिन्न सर्तसहितको आधिकारिक धारणा सार्वजनिक गरेको हो। पूर्वसैन्य प्रमुख गादी आइजेनकोटका नेतृत्वमा रहेको याशार पार्टीले शनिबार लिकुडलाई व्यापक ...
। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका पूर्व लिबरल सांसद ड्यारिल म्याग्वायरलाई चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन मिलाउने योजनामा संलग्न रहेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाइएको छ। एनएसडब्ल्यू जिल्ला अदालतले नोभेम्बर २० मा उनलाई तीन वर्ष कैद सजाय सुनाएको हो। अदालतले एक वर्षको न्यूनतम जेलमा बस्नुपर्ने अवधि तोकेको छ। अर्थात्, उनले कम्तीमा एक ...
— यमन र आसपासका क्षेत्रमा सैन्य गतिविधि तथा आक्रमण तीव्र बन्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका उपप्रवक्ता फरहान हकले शुक्रबार साउदी नेतृत्वको गठबन्धनले होदाइदा बन्दरगाहमा हवाई आक्रमण गरेको, साना, सादा र ताइज प्रान्तमा सैन्य कारबाही जारी रहेको तथा हुथी विद्रोहीले साउदी अरबमाथि निरन्तर आक्रमण गरिरहेको विवरणप्रति राष्ट्रसंघले चासो ...
— तीन वर्ष लामो युद्धपछि गाजापट्टीका बालबालिकाले जोखिमपूर्ण जीवन बाँचिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' ले जनाएको छ । बारम्बारको विस्थापन, परिवारका सदस्यको मृत्यु, स्वास्थ्य सेवा र शिक्षाको अभाव तथा दयनीय जीवनयापनका कारण बालबालिका गम्भीर संकटमा परेको संस्थाले जनाएको छ । सेभ द चिल्ड्रेनको वार्षिक विश्व प्रतिवेदनअनुसार गत वर्ष विश्वभर बालबालिकामाथि भएका दसौं हजार आक्रमण र ...
— राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया ...