कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेहरूलाई अब कानुनी दायरामा ल्याइने
कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेहरूलाई अब कानुनी दायरामा ल्याइने

— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेहरूलाई अब कानुनी दायरामा ल्याइने बताएका छन्।



ललितपुरमा सोमबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागमा हाल ३६ हजार ठगीसम्बन्धी मुद्दा रहेकाले ऐन संशोधन गरी ती मुद्दा छिटो फर्छ्यौट गर्न सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिए।

उनले भने, 'अहिलेकै कानुनअनुसार अघि बढ्दा सबै मुद्दा टुङ्ग्याउन २५ वर्ष लाग्छ। त्यसैले ऐन संशोधनको तयारीमा छौँ। वैदेशिक रोजगार न्यायाधिकरणको व्यवस्था, जिल्ला जिल्ला अदालत र प्रशासन कार्यालयमै उजुरी दिने व्यवस्था आवश्यक छ।'

मन्त्री भण्डारीका अनुसार बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प स्वरूप आन्तरिक रोजगारीको विकास र प्रवर्द्धन गर्नु मुख्य रणनीति हो। उनले सुरक्षित वैदेशिक रोजगारीसँगै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि पनि सामी परियोजनामार्फत कार्यक्रम अघि बढाइएको उल्लेख गरे।

उनले भने, 'पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै केन्द्रित थियो, अहिले आन्तरिक रोजगारीका लागि सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रम अघि बढाइएको छ। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई मुलुकको समृद्धिमा जोड्ने अभियान सामीमार्फत अघि बढाइनेछ।'

सामी परियोजनाले आफ्नो औचित्य प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले सुरक्षित आप्रवासनको सेवा देशका ७५३ वटै स्थानीय तहसम्म पुर्‍याउने लक्ष्य रहेको बताए।




मन्त्री भण्डारीले दोधारमा रहेका श्रमिकहरूका लागि मनोसामाजिक परामर्श र दुई पक्षीय सम्झौताका आधारमा न्यूनतम तलबको व्यवस्था, आवतजावत खर्च रोजगारदाताबाट व्यहोर्ने प्रणाली जस्ता प्रावधानमा सरकार गम्भीर रहेको बताए। उनले म्यानपावर व्यवसायीले कामको प्रमाण दिनु अगावै श्रमिकसँग बढी रकम असुल गर्ने प्रवृत्तिलाई पनि नियमन गरिने बताए।

उनले भने, 'प्रत्येक नागरिकको हातमा श्रमसम्बन्धी सेवा पुग्नुपर्छ। प्रविधिको प्रयोग गर्दै सबै सेवा स्थानीय तहसम्म पुर्‍याउने प्रयास भइरहेको छ।'

वैदेशिक रोजगारीका कारण देश खाली भइरहेको भन्ने धारणा गलत रहेको बताउँदै उनले पछिल्ला पाँच वर्षमा ६० लाखले वैदेशिक रोजगारी रोजे पनि ५० लाख फर्किएको तथ्याङ्क रहेको जानकारी दिए।

कार्यक्रममा श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामी परियोजना कार्यान्वयनमा सरकारको सकारात्मक भूमिका रहने बताए। स्विस दूतावासकी प्रतिनिधि एन्टोनिया फ्लफले सामी परियोजनाले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै सबैलाई धन्यवाद दिइन्।

‘हेल्भेटास नेपाल’का परियोजना प्रतिनिधि टङ्क अर्यालले परियोजनालाई सातै प्रदेशका सबै स्थानीय तहमा विस्तार गर्न समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे। मधेश प्रदेशका सचिव युवराज अधिकारीले सामी परियोजनालाई तीनै तहका सरकारले नियमित नीति तथा कार्यक्रममा समेट्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरका बेदकोट नगरपालिका-३ दैजीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१५ गोबरियाका ४० वर्षीय दिपक चन्दको मृत्यु भएको हो । दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर र महेन्द्रनगरबाट पूर्वतर्फ गईरहेको सु.प.प्र. ०४–००१ च ००१३ नम्बरको जिपले मंगलबार साँझ ठक्कर दिँदा स्कुटर चालक चन्दको मृत्यु भएको हो । जिल्ला प्रहरी ...
— ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत वर्ष असोजमा आएको बाढीबाट ठूलो पाठ सिकेको बताउँदै विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि आवश्यक तयारी भइरहेको बताएका छन् । मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले प्राकृतिक विपद्‍बाट नगरबासीलाई सुरक्षा प्रदान गर्न महानगरपालिकाले सुरक्षाकर्मीलाई तालिम प्रदान गर्ने तथा उपकरण व्यवस्थापनका काम गरिरहेको बताएका हुन् । यद्यपि केही ...
— कैलालीको धनगढी उपमहानगरपालिका-१४ डि–गाउँमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३० वर्षीया रुपा चौधरी रहेको प्रहरीले जनाएको छ । सोमबार घरमा लुगा सुकाउने क्रममा बिजुलीको नाङ्गो तार छोइएपछि चौधरीलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि कैलाली अस्पताल, धनगढीमा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले ...
: लुम्बिनी प्रदेश सरकारको बजेटप्रति सत्तापक्षकै सांसदहरूले चर्को विरोध जनाए । मन्त्रीका जिल्लामा मात्रै बजेट खन्याइएकोे, प्रदेशसभा सदस्यका योजना नसमेटिएको र विकासे मन्त्रालयको बजेटमा ‘बिचौलिया’ हाबी भएको भन्दै सत्तापक्षै सांसदहरूले तीव्र असन्तुष्टि जनाएपछि सरकारले प्रदेशसभाको छलफल एक साता रोक्यो । सत्तासीन कांग्रेस र एमालेले संसदीय दलका बैठक बोलाएर आआफ्ना प्रदेश सांसदलाई थुम्थुम्याउन खोेजे । तर, प्रदेशसभा सांसदहरूका असन्तुष्टि उस्तै ...
— जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्मित पुल जोगाउने तटबन्धको काम भइरहेको छ । नदी कटानले पुलको पूर्वतर्फ तीव्र कटान हुने गरेकाले यसलाई रोकथाम गर्न कैलाली हुँदै ल्याएको बोल्डर(ठूला ढुंगा) बाट नदी किनारमा तटबन्ध गरिएको छ । पाँच वर्ष अघि नदी कटान रोक्न निर्माण गरिएको गेभिन पानीको बहाव बढ्दै गएपछि खस्किएर पुल जोखिममा ...