मुख्य समाचार
कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ : रामहरि खतिवडा
कुलिङ पिरियडको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु, दोषीमाथि कारवाही हुनुपर्छ : रामहरि खतिवडा

: संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संघीय निजामति विधेयकमा राखिएको 'कुलिङ पिरियड' मा बदमासी गर्नेमाथि कारवाही हुने बताएका छन्। मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि समिति सभापति खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन्। उनले कुलिङ पिरियडमा देखिएको बदमासी संसदमाथिको ठूलो प्रहार भएको समेत बताए।



' विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित गर्ने दफा थपिएर सदनमा गएको फेला पारेका छौं। यो कसको गल्तीबाट भयो त्यसलाई कानुनको दायरामा ल्याउँछौं,'उनले भने,'आज सबै सेक्टरबाट हामी जनप्रतिनिधिको बदनाम हुने काम भएको छ। मेरो कमजोरी देखिए म कारवाही भोग्न तयार छु। जसले कमजोरी गर्छ यसले कारवाही भोग्नु पनि पर्छ। जु्नसुकै व्यक्ति होस् छानबिनको दायरामा ल्याउनुपर्छ।'



उनले निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा परिवर्तन भएको विषयमा छानबिन गर्न सभामुख घिमिरेसमक्ष आग्रह गरिएको जानकारी दिए।



राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि दुई वर्षसम्म कुनै संवैधानिक वा सरकारी नियुक्ति नपाउने समितिले निर्णय गरेको थियो। सोही निर्णयअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई हेरफेर गरी अर्को दफासमेत समावेश भएर आएपछि सांसदहरूले नै विरोध जनाएका छन्।

गम्भीर षडयन्त्र भएको भन्दै सांसदहरूले ​​​​​​नै छानविनको माग गरेका छन्। नेकपा एमालेका सांसद पदम गिरीले यो विषयमा छानबिन नभएसम्म राज्य व्यवस्था समितिको बैठक अघि बढ्न नसक्ने जिकिर गरे।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहयोगविना हुन नसक्ने तर्क गरे। उनले नैतिक हिसावले समितिका सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले कुलिङ पिरियडको नाममा केरकार हुनु राज्यविरुद्धको कसूरको संज्ञा दिए। उनले यसको जिम्मेवारीमा बसेकाहरूले राजीनामा दिनुपर्ने बताए।

यसैगरी नेकपा माओवादी सांसद माधव सापकोटाले निजामति विधेयकमा कुलिङ पिरियडमा भएको किर्तेमा सभापति खतिवडा र सचिवले राजीनामा दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई ...
: निजामती विधेयक सांसदले पारित गरेको मस्यौदाभन्दा फरकरुपमा प्रतिनिधिसभाबाट पारित भएपछि सांसदहरु सभामुखसँग छलफलमा पुगेका छन्। अवकाशप्राप्त कर्मचारीलाई पुन: नियुक्ति रोक्न राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित भएपनि प्रतिनिधि सभामा सभापति रामहरि खतिवडाले पेश गरेको विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को प्रावधान फरक आएपछि सांसदहरु आक्रोशित बनेका हुन्। मंगलबार सभामुखसँग छलफल गरेपश्चात एमालेका सांसद ...
— कांग्रेस सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेर गर्नेमाथी कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले लिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानविन गर्नुपर्ने बताएका हुन् । उनले भने, 'निजामति विधेयक प्रतिनिधि सभाबाट त पास भयो तर कुलिङ पिरियडका बारेमा भनिएको र लेखिएको कुरामा फरक छ ...
: नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले कुलिङ पिरियडको विषयमा छानबिन नभएसम्म सहभागी नहुने जनाएपछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। आज बिहान प्रहरी विधेयकबारे छलफल गर्न बोलाइएको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको हो। आज बिहान सभामुख देवराज घिमिरेसमक्ष समितिका सदस्यहरूले ध्यानाकर्षण गराएपश्चात पत्रकारसँग कुरा गर्दै एमालेका सांसद ...
— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् । मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा ...