मुख्य समाचार
कुलिङ पिरियडको व्यवस्था हेरफेर नियतवश हो कि त्रुटिमात्रै भनेर पत्ता लगाउनुपर्छ
कुलिङ पिरियडको व्यवस्था हेरफेर नियतवश हो कि त्रुटिमात्रै भनेर पत्ता लगाउनुपर्छ

— निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरबारे सभामुख देवराज घिमिरेले यसमा के गल्ती भएको हो र त्यो नियतवश हो कि प्रक्रियागत त्रुटि भनेर पत्ता लगाउनुपर्ने बताएका छन् । त्यसका लागि उनले समितिमा भएका बहस, छलफल, लिखत र रेकर्डहरूको अध्ययन आवश्यक पर्ने बताएका छन् ।



मंगलबार पत्रकारसँगको कुराकानीमा उनले भने, 'यदि नियतवश गल्ती भएको पाइएमा उपयुक्त कारबाहीको कुरा उठ्छ, तर प्रक्रियागत कमजोरी मात्र हो भने त्यसलाई सच्याउन ध्यान दिनुपर्छ। मुख्य कुरा, गलत विधेयक पारित हुनुहुँदैन।' उनले प्रतिवेदन एक खालको हुने तर पारित हुँदा अर्कै हुने कुरा गम्भीर भएको पनि बताएका छन् । उनले भने, 'छलफल र बहस एउटा हुने, निर्णय एउटा हुने तर परिणाम भने त्यसलाई असर गर्ने खालको हुने कुरा कहाँबाट भयो ? कसको स्वार्थमा भयो ? त्यसबारे पनि खोजीनिती हुनुपर्छ ।'

सभामुख घिमिरेले निजामती सेवा विधेयकमा छलफल विपरीतका कुरा राखिएको भन्दा सासंदहरुले भनिरहेको बताउँदै अब यसलाई सच्याउने बाटो खोज्नुपर्ने बताएका छन् । उनले विधेयक राष्ट्रिय सभामा पुगेको भन्दै राष्ट्रिय सभाले यो विधेयकलाई सच्याउने अपेक्षा गरिएको र संशोधनपछि पुनः प्रतिनिधिसभामा सभामा फर्किने बताएका छन् । उनले राष्ट्रिय सभामा नमिलेका कुराहरू सहजै मिलाउन सकिने बताएका छन् ।



सभामुख घिमिरेले आवश्यकता र गम्भीरताका आधारमा हेरेर प्रक्रियागत रूपमा के कसरी काम भएको थियो भनेर हेर्नका लागि सचिवालयलाई भनिसकेको बताए । उनले नियतवश गलत कुरा लुकिछिपी भएको हो वा काम गर्दा त्रुटि भएको हो भनेर बुझ्नुपर्ने बताएका छन् । उनले भने, 'प्रतिवेदन एउटा र पारित गर्दा अर्कै हुने चाही गम्भीर कुरा भयो ।'

निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी र सांसदले गम्भीर जालझेल गरेको सार्वजनिक भइसकेको छ ।

विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको भनिए पनि प्रतिनिधिसभामा त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश गरेको भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडमा भएको तोडमोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय तोडमोड गरिनु गम्भीर भएको बताएका हुन् । 'हामीले सर्वसम्मतिले लामो छलफल र बहसपछि निर्णय गरेको विषय हो । कुलिङ पिरियड दुई वर्षको ...
— मकवानपुरको कैलाश गाउँपालिकामा प्रहरीले सोमबार बिहान ८ बजे १ हजार ७४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा लागूऔषध गाँजा रहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय पालुङबाट समेत प्रहरी खटिएर गाँजा १ हजार ७४ किलोग्राम बरामद गरेको छ ...
— परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरूमार्फत विश्व बजारबाट लाभ लिन आग्रह गरिन् । मन्त्री ...
: संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका - २ कवहीजगात निवासी यादवको बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यादव मधुमेहबाट पीडित थिए । यादवको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो । यादव २०७० सालमा सम्पन्न दोस्रो ...
— सत्तारुढ दल कांग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताएका हुन् । संसद्‍मा रहेका र पार्टीका नेतामा अनुशासन नभएको कुरा केन्द्रीय समितिको बैठकमा आएको पनि प्रवक्ता महतको दाबी छ । 'हाम्रो पार्टीमा अनुशासन भएन । संसद्‍मा ...