मुख्य समाचार
नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताए
नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताए

— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक सम्पदा संरक्षणदेखि नेपाल एयरलाइन्स सुधारसम्मका विषयलाई प्राथमिकतामा आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताएका छन् ।



राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले ऐतिहासिक र पुरातात्विक महत्त्वका मस्जिदहरूको मर्मत तथा संरक्षणका लागि समेत बजेट विनियोजन गरिएको बताएका हुन् ।

'नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रुपान्तरण गर्न व्यवस्थापन सुधार, विमानहरूको संख्या थपलगायतका कार्यहरूमा प्राथमिकता दिई कार्य अगाडि बढाइएको बेहोरा जानकारी गराउन चाहन्छु । पर्यटन प्रवर्द्धनका कार्य नेपाल पर्यटन, बोर्ड, मन्त्रालय, निजी क्षेत्र कूटनीतिक नियोग तथा नेपालीहरूको डायस्पोरामार्फत भइरहेको जानकारी गराउन चाहन्छु,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पौडेलले बजेट तजबिज ढंगले नभई प्रणाली अन्तर्गत निर्माण भएको बताए। अर्थमन्त्री पौडेलले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए। उनले ऋणको दायरा ...
: एमसीसी परियोजनाले नेपालमा निरन्तरता पाउने भएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि अमेरिकी सरकारले अनुमति दिने निर्णय गरेसँगै एमसीसी परियोजनाले निरन्तरता पाउने भएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ खाएकै दिन एमसीसीका सहयोग कार्यक्रम ९० दिनका लागि रोक्ने निर्णय गरेका थिए। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार एक विज्ञप्ति ...
— सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, १ सय वटा झोलुङ्गे पुल मर्मत गर्ने, ४०वटा नयाँ सडक पुल निर्माण गर्ने र ३०वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको ...
: प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार ढाल्ने पक्षमा आफूहरू नभएको बताएको छ। बुधबार पत्रकार सम्मेलन आयोजना गरेर माओवादीले केन्द्रले कांग्रेस-एमाले नेतृत्वको सरकारले निरन्तरता पाओस् भनेर चाहेको स्पष्ट पारेको हो। तर, सत्तापक्षका अन्तरविरोधकै कारण सरकार ढल्ने दाबी पनि माओवादीले गरेको छ। 'हामी यो सरकारलाई ढाल्न खोजेका छैनौं। यो सरकारले निरन्तरता पा‌‌ओस् नै चाहन्छौं। तर, सत्ता ...