मुख्य समाचार
गाजामा ६० दिनको युद्धविरामका लागि इजरायल सहमत
गाजामा ६० दिनको युद्धविरामका लागि इजरायल सहमत

— अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् ।



ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ यद्यपि उनले सर्तबारे कुनै जानकारी भने दिएका छैनन् ।

उनले लेखेका छन्, ‘कतार र मिश्रले शान्ति स्थापनाका लागि धेरै मेहनत गरेका छन् । र अन्तिम प्रस्ताव पेस गर्नेछन् । मलाई विश्वास छ हमास यो सम्झौतालाई स्वीकार गर्नेछ । किनकी यसभन्दा राम्रो अर्को कुनै स्थिति हुनेछैन । बरु अर्को विकल्प खराब हुनेछ ।’

सात अक्टुबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा करिब १२ सय जना मारिएका थिए । जसमा १० जना नेपाली विद्यार्थी पनि थिए । नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ । हमासको उक्त आक्रमणपछि इजरायलले गाजामा हमासविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ५६ हजार ६४७ जनाको मृत्यु भएको छ । हमासले ट्रम्पले भनेका सर्तहरु स्वीकार गर्छ या गर्दैन भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।

ट्रम्पको यो घोषणा आगामी साता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग हुन गइरहेको बैठकअघि आएको हो । जसलाई लिएर ट्रम्पले आफू निकै दृढ रहेको बताएका छन् ।

मंगलबार उनले नेतान्याहु पनि शत्रुता समाप्त गर्न चाहिरहेको विश्वास व्यक्त गरेका थिए । ट्रम्पले भने, ‘मलाई लाग्छ, हामी आगामी सातासम्म सम्झौता गर्नेछौं ।’




गत साता हमासका एक वरिष्ठ अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीसँग कुरा गर्दै मध्यस्थकर्ताले गाजामा नयाँ युद्धविराम र बन्धकको रिहाईका लागि प्रयास गरिरहेको बताएका थिए । तर इजरायलसँग वार्ता भने अहिले हुन सकेको छैन ।

इजरायलले हमासलाई पूर्ण रुपमा अन्त्य गरेपछि मात्र कारबाही रोकिने बताएको छ । हमास लामो समयदेखि स्थायी युद्धविराम र गाजाबाट इजरायली सेनाको पूरै तरिकाले फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । करिब ५० जना इजरायली नागरिक अझै हमासको कब्जामा रहेका छन् । जसमध्ये २० जना जिवित हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् । अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, ...
: फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्। डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै ...