— कैलालीको धनगढी उपमहानगरपालिका-१४ डि–गाउँमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३० वर्षीया रुपा चौधरी रहेको प्रहरीले जनाएको छ ।
सोमबार घरमा लुगा सुकाउने क्रममा बिजुलीको नाङ्गो तार छोइएपछि चौधरीलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि कैलाली अस्पताल, धनगढीमा लगिएको थियो ।
तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।