मुख्य समाचार
५६ वर्षपछि परिवारसँग पुनर्मिलन
५६ वर्षपछि परिवारसँग पुनर्मिलन

— जन्मेको १२ वर्षमै घर–परिवार छोडेर बेपत्ता भएका सोलुखुम्बुको देउसाका रामुधन राईको ५६ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । वि.सं. २०१४ सालमा देउसामा जन्मेका उनी १२ वर्षकै उमेरमा बेपत्ता भएका थिए ।



जन्मजात सुस्त मनस्थितिका परिवारका जेठो छोरा रामुधन बेपत्ता भएपछि परिवारले उनको खोजीका लागि निकै संघर्ष गरेको थियो । कतै नभेटिएपछि रामुधनलाई परिवारले नै माया मारिसकेको थियो ।

तर हराएको ५६ वर्षपछि रामुधन टुप्लुक्क गाउँमै देखा परे । नयाँ मान्छे गाउँमा आएको देखेपछि सोधपुछ भयो अनि गाउँकै सुबराम राईले ठम्याए , यी त तीनै हराएका रामुधन हुन् । त्यसपछि उनका बाबु कालुमान राईलाई बोलाइयो । गुमेको खुसी भेट्टायो परिवारले ।

८२ वर्षीय कालुमानले जीवनमा छोरासँग भेट हुन्छ भन्ने कल्पना गरेका थिएनन् । रामुधन अहिले ६८ वर्ष पुगे । कुनै सरकारी कागजात नभएका उनलाई नागरिकता दिलाउन गाउँकै अगुवा सुबराम राई लागिपरे । उनले वडामा लगेर आवश्यक कागजात तयार गरेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरेले नागरिकता बनाएर हस्तान्तरण गरे ।

बुढेसकालमा छोराले नागरिकता पाएपछि वृद्ध बुवा निकै हर्षित छन् । ‘छोरो भेटिएला भन्ने आशा थिएन, भगवान्‌ले जुराइदिए,’ कालुमानले भने, ‘आज सीडीओ साबले नागरिकता पनि दिनुभयो, मेरो खुसीको सीमै छैन ।’

नेपाली भाषा नबुझ्ने र राई भाषा मात्रै बोल्ने रामुधन पनि प्रशासन कार्यालयमा नागरिकता लिँदा सबैसँग हाँसेर खुसी साटे । पहिलो पटक आफ्नो घरमा देखा परेका रामुधन अहिले पनि सुबराम राईकै घरमा बसिरहेका छन् । रामुधन कहाँ बसे र कसरी यत्तिका वर्ष बिताए भन्ने कुरा उनले अझै भनेका छैनन् । यो उमेरका व्यक्तिलाई नागरिकता दिँदा फरक अनुभूति भएको प्रजिअ घिमिरेले बताए । ‘मैले कुनै कानुनी झन्झटबिनै सिधै नागरिकता जारी गरेर हस्तान्तरण गर्न पाउँदा खुसी छु,’ प्रजिअ घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ तत्काल ऐनको रूपमा जारी गर्न माग गरेको छ। संघले हालै जारी गरेको विज्ञप्तिमा सरकार र राजनीतिक दलहरूले शिक्षाजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ। शिक्षक छनोट योग्यताको आधारमा १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र गर्नुपर्ने, शिक्षालाई युगसापेक्ष, प्रविधिमैत्री र गुणस्तरीय बनाउनु पर्ने, साथै राहत शिक्षक र अस्थायी ...
चोभार गल्छीबाट ऐतिहासिक चट्टान हटाउने कुनै योजना छैन : शहरी विकास मन्त्रालय
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको ...
। पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी ...
: मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको हो। ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार दोङले ना ५ ख ५६१६ नम्बरको ट्रक चलाउँथे। उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर ...