मुख्य समाचार
बंगलादेशमा डेंगी संक्रमितको संख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु
बंगलादेशमा डेंगी संक्रमितको संख्या १० हजारभन्दा बढी, ४२ जनाको मृत्यु

— बंगलादेशमा जुन महिनामा डेंगीका संक्रमित बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ ।



मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले यस वर्ष अहिलेसम्म डेंगीका संक्रमितको संख्या १० हजार दुई सय ९६ पुगेको देखाएको छ ।

सोमबार स्थानीय समयअनुसार ८ः०० बजेसम्म २४ घण्टामा राजधानी ढाकामा ८७ सहित कुल चार सय २९ नयाँ डेंगीका घटना रिपोर्ट गरिएको डिजिएचएसको तथ्यांकले देखाएको छ ।

जुनमा १९, मेमा तीन, अप्रिलमा सात, फेब्रुअरीमा तीन र जनवरीमा १० जनाको मृत्यु भएको डिजिएचएसले जनाएको छ ।


यस वर्ष जनवरी १ देखि जुन ३० सम्म देशभरका विभिन्न अस्पतालबाट उपचारपछि नौ हजार ८७ जना डेंगीका बिरामी घर फर्केका छन् ।

जुन–सेप्टेम्बर मनसुन अवधि बंगलादेशमा डेंगी ज्वरोको मौसम हो । बंगलादेश लामखुट्टेबाट हुने रोगहरूको उच्च जोखिममा रहेको राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...