मुख्य समाचार
ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताए
ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्।



ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ कि हमासले यो सम्झौता स्वीकार गर्नेछ किनकि यसले परिस्थितिलाई राम्रो बनाउने होइन बरु झनै खराब बनाउनेछ।'



सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि उसले गाजामा सैन्य कारबाही थालेको हो। उक्त कारबाहीमा हालसम्म गाजामा ५६ हजार ६४७ जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको



तर हमासले युद्धविरामका शर्तहरू स्वीकार्ला भनेर अहिले नै प्रस्ट भइसकेको छैन।
आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू 'दह्रो' रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्। मंगलबार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताएका थिए। 'मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ,स उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासलाई तीव्र पारेको तर इजरायलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू 'दह्रो' रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्।

मङ्गलवार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए। "उनी चाहन्छन्। म भन्न सक्छु उनी चाहन्छन्। मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ," उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासहरू तेज पारेको तर इजरेलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

इजरायलले हमासको पूर्ण विघटन नभएसम्म संघर्ष अन्त्य नहुने भन्दै आएको छ। हमासले चाहिँ स्थायी युद्धविराम र गाजाबाट इजरायलको पूर्ण फिर्तीको माग गरिरहेको छ।

करिब ५० इजरेली बन्धक गाजामा रहेको र तीमध्ये कम्तीमा २० जना जिउँदो रहेको ठानिएको छ। सोमबार गाजाको समुद्री तटमा रहेको एक क्याफेमा भएको इजरायली हवाई हमलाका कारण कम्तीमा २० जना प्यालेस्टीनी मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् । अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, ...
: फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्। डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै ...