मुख्य समाचार
(माओवादी केन्द्र) ले 'कुलिङ अफ पिरियड'मा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने
(माओवादी केन्द्र) ले 'कुलिङ अफ पिरियड'मा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने

— प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले 'कुलिङ अफ पिरियड'मा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ।



बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले नैतिकताको आधारमा संसद्को नेतृत्वले (सभामुख देवराज घिमिरे) यसको जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समितिमा भएको सहमतिअनुसार कुलिङ पिरियडसम्बन्धी प्रावधान सदनमा प्रस्तुत नहुँदा गम्भीर प्रश्न उठेको बताए। उनले यो विषय केवल कानुनी वा प्रक्रियागत नभई गम्भीर राजनीतिक, संवैधानिक, कानुनी र नैतिक प्रश्न भएको उल्लेख गरे।

उनले भने, 'कुलिङ पिरियडसम्बन्धी जे सहमति समितिमा भएको थियो, सदनमा प्रस्तुत गर्दा त्यसमा फरक गरिएको छ। समितिमा पारित भइसकेको विषय सदनमा कसरी फरक बनाएर लगियो? परस्पर विरोधी प्रावधान कसले थप्यो? यस्ता अनेक गम्भीर प्रश्न उठेका छन्।'

प्रवक्ता सापकोटाका अनुसार, यस घटनाले संसद्, संसदीय समिति र सांसदहरूको इमान, निष्ठा र योग्यतामाथि गम्भीर प्रश्न उठाएको छ। यो घटनाले सार्वभौम संसद्को आत्मामाथि प्रहार गरेको, संसदमाथि धोका र मानमर्दन गरेको, र संविधानको मर्म र भावना माथि चोट पुर्‍याएको आरोप उनले लगाए।

उनले थपे, 'सुशासनका लागि कोशेढुंगा सावित हुने जनताको अपेक्षा विपरीत गम्भीर विश्वासघात भएको छ। यस्तो जालसाजीले संसदीय मूल्य–मान्यतालाई ठाडो चुनौती दिएको छ। विधेयक कार्यसूचीदेखि पारित गर्ने क्रमसम्मको प्रक्रिया हेर्दा यो एकाध व्यक्तिले मात्र गरेको दुःसाहस होइन, यो सुनियोजित तरिकाले गरिएको धृष्टता हो।'




माओवादी केन्द्रले यस प्रकारको गम्भीर अपराधको घटनाको छिटोभन्दा छिटो सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

प्रवक्ता सापकोटाले शिक्षक महासंघसँग भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्न पनि माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान ...
। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए। ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति ...
। नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ...