मुख्य समाचार
धानखेतीका दृष्टिले उर्वर मानिने बर्दियामा ३५ प्रतिशत धान रोपाइँ
धानखेतीका दृष्टिले उर्वर मानिने बर्दियामा ३५ प्रतिशत धान रोपाइँ

: धानखेतीका दृष्टिले उर्वर मानिने बर्दियामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा र आवश्यक मल अभावले रोपाइँमा ढिलाइ भएको छ । बर्दियामा बाह्रै महिना धान खेती गरिन्छ । धान वृद्धि गर्ने हेतुले जिल्लामा धान सुपरजोनहरू बनाइका छन् । बर्दियामा कूल ५० हजार १५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए ।



बर्दियाको खेतीयोग्य जमिनमा ७० प्रतिशत भूमिगत एवम नहरबाट सिँचाइ सुविधा उपलब्ध छ । असारको तेस्रो साता वितिसक्दा पनि बर्दियामा ३५ प्रतिशत धान रोपाइँ सकिएको उनले बताए । जसमध्ये कर्णाली नदीको टापु गेरुवा राजापुर क्षेत्रमा मात्र ६० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।



समयमा आवश्यक वर्षा भएको छैन । नहरको पानी पनि अनियमितरुपमा आउने जाने भएकाले रोपाइँमा ढिलाइ भएको उनले प्रष्ट्याए । त्यस्तै किसानले समयमै आवश्यक मल नपाउँदा पनि रोपाइँमा ढिलाए भएको छ । बर्दियामा धानको उत्पादकत्व ४ दशमलव ४७ मेट्रिक टन प्रति हेक्टर रहेको प्रमुख ढकालको भनाइ छ ।

गतवर्ष जिल्लामा करिब २ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको छ । उनले थपे कार्यालयले धानको उत्पादन बढाउन किसानलाई साना सिँचाइअन्तरगत बोरी,कुलो निर्माण र मर्मत,मोटर,पम्पसेट लगायतका कृषि सामाग्री ५० देखि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै विउको गोदाम,विउ ग्रिडि∙ मेसिन, बैकल्पिक मलहरू ढैंचा,भकारो सुधार कार्यक्रममार्फत् गोबरमल,खेत जोत्ने पावर ट्रिलर,थ्रेसर,धान रोप्ने मेसिनलगायतका सामाग्री समेत उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।

पछिल्लो समय धानमा रासायनिक मलखादको बढ्दो प्रयोगले खेत बिग्रन सक्ने चुनौती थपिएको छ । धान उत्पाद राम्रो र मसिनो धानको बजार पनि राम्रो छ । तर मसिनो चामलको मुल्य बजार बढी माग भएपनि उत्पादन कम भएकाले चामल आयातको चुनौती उनले सुनाए । यस वर्ष कार्यालयले बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरमा धान दिवस मनाउने भएको छ ।

मलको चरम अभाव

बर्दियाको कुल कृषि क्षेत्रको लागि वार्षिक १२ हजार मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डीएपी र ६ सय मेट्रिक टन पोटास आवस्यक पर्ने कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाका निमित्त प्रबन्धक लाल बहादुर थारुले बताए । धान खेतीको लागि मात्र ४८ सय मेटन युरिया,३३ सय मेटन डीएपी र ३ सय मेटन पोटास आवश्यक हुन्छ ।

निमित्त प्रबन्धक थारुले भने,' यस वर्ष ६ हजार ५ सय मेटन युरिया,३ हजार ६ सय मेटन डीएपी र ६ सय मेटन पोटास आएको थियो हामीले सबै डिपोहरूमा पठायौं । ३० वटा डिपोको करिव ८० मेटन युरिया, १ सय मेटन डीएपी र आवश्यकता अनुसार लैजान बाँकी रहेको पोटास मात्र गोदाममा छ । बाँकी गोदाम खाली नै छ । गतवर्ष ३ हजार ३ सय मेटन मल विक्री भएको थियो । यसवर्ष माग अनुसारको मल छैन ।'

जिल्लास्थित साल्ट ट्रेडिङ कम्पनीले केही मल आपूर्ति गर्छ । उनले ७ सय ४३ मेटन युरिया २ लटमा आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान ...
। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए। ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति ...
। नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ...