मुख्य समाचार
दोस्रो खेलमा ध्यान केन्द्रित गर्दै नेपाल र उज्वेकिस्तान
दोस्रो खेलमा ध्यान केन्द्रित गर्दै नेपाल र उज्वेकिस्तान

— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ ।



मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् ।

सावित्राभन्दा पनि ‘साम्बा’ नामले बढी चिनिने नेपाली खेलाडीले लाओसविरुद्धको जितपछि आफ्नो गोलसंख्या ६१ पनि पुर्‍याएकी छन्, त्यसमा सम्भव ४ गोलसँगै । लाओसविरुद्धको ८८ औं मिनेटमा सम्भव नवौं गोल भने उनको नाममा राखिएको छैन, त्यसलाई लाओसकी डिफेन्डर सायसमोनी इन्थापोफोनलाई श्रेय दिएर आत्मघाती मानिएको छ ।

डे वाइल्डले सोमबार कान्तिपुरसँगको कुराकानीमा भने, ‘यो हाम्रा लागि छनोटमा राम्रो सुरुआत पक्कै पनि हो । तर अझै पनि हाम्रो ध्यान आफ्नो ठ्याक्कै अगाडिको खेलमै हुनुपर्छ ।’ उनको स्पष्ट आशय थियो, नेपालले अहिले नै उज्वेकिस्तानविरुद्धको खेलबारे सोचिरहेको छैन, बरू टिमको ध्यान पूर्णतः श्रीलंकाविरुद्धको खेलमा छ ।


लगभग यस्तै सोच उज्वेकिस्तानकी प्रशिक्षक कोट्रान कुलबाटइको पनि छ । उनले श्रीलंकामाथि प्राप्त एकोहोरो जितपछि भनिन्, ‘पहिलो खेलको नतिजा धेरै अर्थमा राम्रो रह्यो । यति ठूलो जितका बावजुत मैले टिममा सुधारको ठाउँ देखेको छु । त्यसैले हामीले आफ्नो पूरा ध्यान लाओसविरुद्धको खेलमा केन्द्रित गरिसकेका छौं ।’

बुधबार नेपालले श्रीलंकाको सामना गर्नेछ भने उज्वेकिस्तान लाओसविरुद्ध भिड्ने छ । दुवै प्रशिक्षकले जस्तै दाबी गरे पनि एउटा तथ्य निश्चित छ, समूह विजेताको निर्णय अन्तिम खेलबाटै हुनेछ । त्यो भनेको नेपाल र उज्वेकिस्तानको खेल नै हो । समूह विजेता अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ ।




यो खेल भने शनिबार हुनेछ । त्यस अगाडि अपेक्षा गरेको छ, नेपाल र उज्वेकिस्नानले पनि आ–आफ्नो दोस्रो खेल सजिलै जित्नेछन् । नेपालले सन् २०१० मा पहिलो पटक श्रीलंकाको सामना गरेको थियो । त्यसमा नेपालको जित अन्तर थियो, ८–१ । त्यसयता नेपाल र श्रीलंकाले एक आपसमा नौपल्ट खेलेका छन् । ती सबैमा विजयी हुने टिम नेपाल नै रहेको छ ।

यी खेलमा पछिल्ला दुई प्रतिस्पर्धामा नेपालले श्रीलंकालाई समान ६–० ले हराएको थियो । अहिलेसम्म सबैभन्दा साँघुरो जित भने १–० को छ । यदि सबैको अपेक्षा अनुसार नै नेपाल र उज्वेकिस्तानबीचको खेल निर्णायक हुनेछ । यो खेल बराबरीमा टुंगिने हो भने समूहको शीर्षमा रहने टिमको निर्णय गोल अन्तरबाट हुनेछ ।

यसमा पनि बराबरी हुने हो भने समूह चरणमा कुन टिमले बढी गोल गरेको हुनेछ, त्यही समूह विजेता हुनेछ । त्यसपछि पनि केही टुंगो लागेन भने लागू हुनेछ, फेयर प्लेमा कुन टिम अगाडि छ भनेर । त्यसमा पनि बराबरी हुने हो भने समूह विजेताको निर्णय टसबाट हुनेछ । तर, प्रशिक्षक डे वाइल्ड भन्छन्, ‘मैले त्यहाँसम्म सोचेकै छैन । जतिबेला उपयुक्त समय आउनेछ, त्यही बेला निर्णय गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...