मुख्य समाचार
सरकारले विद्यालय शिक्षा विधेयक नरोकेको र शीघ्र प्रस्तुत गरिने स्पष्ट
सरकारले विद्यालय शिक्षा विधेयक नरोकेको र शीघ्र प्रस्तुत गरिने स्पष्ट

— राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेको र शीघ्र प्रस्तुत गरिने स्पष्ट पारेका छन् ।



‘विनियोजन विधेयक, २०८२’ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमाथि उठाइएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पन्तले केही विषयमा सहमति जुटाउनुपर्ने देखिएकाले केही दिनका लागि विधेयक स्थगन गरिएको जानकारी दिए।

शिक्षक महासंघसँग भएको सहमतिअनुसार यही असार १५ गतेभित्र विधेयक प्रस्तुत गरिने समयसीमा तोकिएको थियो। विद्यालय शिक्षा विधेयक विभिन्न समयमा भएका सम्झौता समेट्ने गरी अगाडि बढाइएको उनको भनाइ छ।

पछिल्लो पटक शिक्षक महासङ्घसँग भएको नौ बुँदे सहमतिअनुसार केही विषयहरू सम्बोधन भइसकेको र त्यसै आधारमा विधेयक अगाडि बढाइएको उनले जानकारी दिए। ती मध्ये अधिकांश बुँदाहरू आगामी आर्थिक वर्षको बजेटमा समेटिएको बताए।

मन्त्री पन्तका अनुसार, यो विधेयक आउँदा शिक्षक मात्र होइन, देश र जनताले जित्ने भएकाले सबैभन्दा बढी ध्यान यसैमा केन्द्रित गरिएको छ।

शिक्षा क्षेत्र मुलुकको विकास र प्रगतिका लागि महत्त्वपूर्ण रहेकाले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट यही क्षेत्रमा विनियोजन गरिएको जानकारी दिए। उनका अनुसार, शिक्षा क्षेत्रमा रु २ खर्ब ११ अर्ब बजेट विनियोजन गरिएको छ। यस्तै, रु ७ अर्ब ४७ करोड सहरी विकास मन्त्रालयले विद्यालय पुनः निर्माणका लागि विनियोजन गरेको छ। यो क्षेत्र सरकारको उच्च प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।




शिक्षाको बजेट स्थानीय तहले नै खर्च गर्ने भएकाले असन्तुलन नभएको उनको दाबी छ। शिक्षामा २० प्रतिशत बढी बजेट विनियोजन गर्ने वातावरण क्रमशः बन्ने बताएका छन्।

शिक्षा क्षेत्रमा सुधार ल्याउन नयाँ जनशक्ति भर्ना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री पन्तले महासङ्घसँग भएको सहमति अनुसार ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाका आधारमा भर्ना गरिने व्यवस्था विधेयकमा समावेश गरिएको जानकारी दिए।

निःशुल्क शिक्षाका लागि आगामी आर्थिक वर्षमा यथेष्ट बजेट विनियोजन गरिएको, दिवा खाजालगायत कार्यक्रम अगाडि सारिएको र निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई नियमनको दायरामा ल्याउन आवश्यक पहल थालिएको उनले बताए।

शिक्षामन्त्री पन्तले मुलुकमा शैक्षिक सुधार र शैक्षिक वातावरण निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान ...
। नेकपा एमाले उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठमेल, पोखरा, सौरहा लगायतका पर्यटकहरु लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने भनाइ राखे ...
: प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरु नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृतरुपमा बुझ्न भ्रमणमा आएको अवगत गराए। ...
। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन् । शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे । नेपालमा पर्यटनको अनगिन्ति ...
। नेपाली कांग्रेसका सांसद बिमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन् । जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको उनको भनाइ थियो ...