अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन
अब सभापतिको कुर्सीमा बस्न सुहाउँदैन

— नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।



समितिको बुधबारको बैठकमा बोल्दै उनले समिति सभापति खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेका हुन्। 'कुलिङ अफ पिरियड'बारे भएको चलखेलको विषय उठाउँदै उनले अब समिति सभापति र सचिवको नेतृत्वमा समितिको बैठक सञ्चालन हुन नसक्ने बताए।

सांसद राईले समितिले निर्णय गरेर पठाएको विषयमा जालझेल गर्ने अधिकार सभापति वा सचिव कसैसँग नभएको बताए । जनताबाट चुनिएका प्रतिनिधिहरूको अपमान गर्न कुनै पदाधिकारीलाई अधिकार छैन भन्ने धारणा उनले राखे।

उनले भने, 'यो बैठकमा हाम्रो सभापतिज्यूले त्यो कुर्सीमा बस्न सुहाउँछ कि सुहाउँदैन? किनभने यो समिति सार्वभौम थियो। समितिले यत्रो निर्णय गरेको कुरा जालझेल गरेर सदस्यहरूको अपमान गरियो। लोक के भन्छ आज? गम्भीर प्रश्न उठेको छ। हामीले गरेको निर्णय तलमाथि गर्ने अधिकार तपाईँलाई कसले दियो? म सभापतिज्यूलाई भन्न चाहन्छु—तपाईँले छोडिदिनुपर्छ। तपाईँले सक्नुभएन। यत्रो सदस्यहरूले गरेको निर्णय तपाईँले तलमाथि गर्ने, जालझेल गर्ने, जनताबाट चुनिएका यत्रा प्रतिनिधिहरूको अपमान गर्ने अधिकार तपाईँलाई छैन।'

सांसद राईले सहज रूपमा समितिको बैठक अघि बढाउने वातावरण सभापतिले स्वयं बनाइदिनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका ...
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...