मुख्य समाचार
पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन
पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन्।



बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पोखरेलले अहिले नेतृत्वको विषयमा छलफल होइन विधि र विधानका बारेमा बहस गर्नुपर्ने बताएका हुन्।


`राष्ट्रिय महाधिवेशनको मिति निर्धारण नभइसकेको अवस्थामा नेतृत्वको बहस पूर्णत रोक्नुपर्छ´ पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भने।



भदौ २०-२२ गतेलाई विधान महाधिवेशन तय भएकोले सबै नेता कार्यकर्तालाई पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुन महासचिव पोखरेलले निर्देशन दिए। महासचिव पोखरेलले राजनीतिक र सांगठनिक प्रतिवेदन केन्द्रीय कमिटीबाट सिधै विधान महाधिवेशनमा प्रस्तुत हुने जानकारी दिए। उनले भने, `तर विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीबाट छलफलका लागि मातहतका कमिटीमा पठाइनेछ।´

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका-२ घर भएर सेनामा कार्यरत रहेको परिचयपत्र राखेका २६ वर्षीय सन्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो । उनले पक्राउ परेका आलेको परिचयपत्र नक्कली ...
— जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभुषण पाठकसँग २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधको मुद्दामा प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएपछि बिहीबार पाठक अदालतमा उपस्थित भएका थिए । आजै उनको मुद्दामा थुनछेक बहस भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले परिवर्तित ...
प्रतिनिधिसभामा विपक्षी राप्रपाले निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ अफ पिरियड’ लागू नगर्न राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि भएको जालझेल र बद्‌नियतका विषयमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकले सुशासन समितिको प्रतिवादेनमाथि हेरफेर गर्नलाई कारबाही गर्न माग गरेको छ । ‘संसदीय छानबिन समिति बनाई दोषीलाई कारबाहीको दायरामा ...
— एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू भ्रष्टाचारजन्य कार्यमा संलग्न नरहेको दाबी गरेका छन् । पतन्जलिको जग्गा प्रकरणमा संलग्नता रहेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतबाट ३५ लाख धरौटीमा छुटेका नेपालले आफूले कुनै भ्रष्टाचारजन्य कार्य नगरेको बताएका हुन् । नेपालले नबिराउनु, नडराउनु मान्यता बोकेको बताउँदै अहिले डराएर हिँड्नुपर्ने अवस्था नरहेको बताए ...
— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने प्रणाली’ भएको टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले जनवादी क्रान्तिको क्रममा मार्क्सवाद प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम ...