पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडमा षड्यन्त्र भएको बताए
पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडमा षड्यन्त्र भएको बताए

: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवासम्बन्धी विधेयकको कुलिङ पिरियडमा षड्यन्त्र भएको बताएका छन्। राज्यव्यवस्था समितिको आकस्मिक बैठकमा बोल्दै कुलिङ पिरियड टाइप मिस्टेक नभई षड्यन्त्र भएको उल्लेख गरेका हुन्।



उनले भने, ‘नजानेर त्रुटि भएको होइन, टीममा को-को संलग्न छन् ? उनीहरूलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ। यो यत्तिकै सजिलै राखिएको होइन। छेडखानी मात्र होइन, षड्यन्त्र भएको छ।’



पाण्डेले समिति सभापति रामहरि खतिवडाले आफूले धेरै पटक माग्दा पनि विधेयक पढ्न नदिएको स्मरण गरे। उनले भने, ‘समिति सभापति रामहरि खतिवडाले आफूले धेरै पटक माग्दा पनि विधेयक नै पढ्न दिनुभएन। विश्वासको घात भएको छ। यसो गरेपछि देश अगाडि बढ्छ ?’



अतिरिक्त सचिव नराखौं भन्दा नमान्दा पनि अन्तिममा सहमति गरिएको स्मरण गराउँदै उनले कुलिङ पिरियडमा पनि सहमति गरे अनुरुप नराखेर विधेयक हेरफेरप्रति आपत्ति जनाए। उनले भने, ‘एकदिनको कुरा मात्र होइन। उपसमिति बनाएर पनि धेरै पटक छलफल भएको छ।’ उनले नैतिकता माग्ने कुरा नभई देखाउने कुरा भएको उल्लेख गरे। छानबिन समिति राज्यव्यवस्था समितिबाट मात्र गठन गर्न नहुने तर्क गर्दै उनले समिति सभापतिसहित दायरामा आउनुपर्ने र सभापतिले को-को बसेर गरेको हो जानकारी दिनुपर्ने बताए। उनले संसदबाट उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने र कुलिङ पिरियड जसरी पनि लागु हुनुपर्ने धारणा राखे।

बैठकमा बोल्ने अधिकांश सांसदले नैतिकता आधारमा छेडखानी गर्नेले राजीनामा दिनुपर्ने माग गरेका छन्। अवकाश पाएका वा राजीनामा दिएका विशिष्ठ श्रेणीका कर्मचारीका लागि २ वर्ष कुलिङ पिरियड राखिएकोमा ‘बाहेक’ शब्द घुसाएको भन्दै समिति सभापति रामहरि खतिवडासहित समितिका कर्मचारीमाथि प्रश्न तेर्सिएका छन्। ‘बाहेक’ शब्द घुसाएर अवकाशप्राप्त वा राजीनामा दिएका मुख्यसचिवसहित सचिव र सहसचिवका लागि कुलिङ पिरियड लागू नहुने गरी व्यवस्था गरिएको भन्दै सांसदले संसदीय समिति छानबिनको माग गरेका छन्।

एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले पर्दा पछाडिबाट मुख्यसचिव र सचिवहरूले भूमिका खेलेका हुन् कि भन्ने लागिरहेको बताए। विधेयकमाथि जालझेल गर्ने भूमिकामा उनीहरू संलग्न छन् कि छैनन् भन्नेबारे पनि छानबिन गर्नुपर्ने उनको माग छ। पाण्डेले यस्तो कुरा निवारण गर्नका लागि पनि छानबिन समिति गठन गर्नुपर्ने तर्क गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका ...
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...