चलखेलबारे समिति सभापति र सचिवको राजीनामा माग्दै एमालले भन्यो : यो घृणित काम हो
चलखेलबारे समिति सभापति र सचिवको राजीनामा माग्दै एमालले भन्यो : यो घृणित काम हो

— 'कुलिङ अफ पिरियड'को विषयमा भएको चलखेलबारे नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गरेको छ।



समितिको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद पदम गिरीले नैतिकताको आधारमा समिति सभापति र सचिवले अब नेतृत्व लिन नमिल्ने बताए। उनले निजामती सेवा विधेयकलाई महिनौँ लगाएर समितिले गम्भीर छलफल गर्दै पारित गरेको अवस्थामा त्यसमा जालझेल हुनु संसद्‌प्रतिको अपमान भएको टिप्पणी गरे।

उनका अनुसार समितिले स्पष्ट रूपमा कुनै पनि निजामती कर्मचारी सेवा निवृत्त भएपछि वा अवकाश लिएपछि दुई वर्षसम्म कुलिङ पिरियड रहने व्यवस्था सर्वसम्मत रूपमा पारित गरेको थियो। तर अन्तिम प्रतिवेदनमा त्यो व्यवस्था फेरिएको छ। उनले सभापति र सचिवले अरू मन्त्रालयहरूले जे ल्याए त्यसैमा हस्ताक्षर गरेर पठाएको गैर जिम्मेवार तर्क दिन नहुने बताए।

सांसद गिरीले भने, 'निजामती कर्मचारी विधेयकको सन्दर्भमा समितिले जसरी महिनौँ लगाएर गम्भीरताका साथ छलफल गरेको थियो, विशेष गरी कुलिङ पिरियडका सन्दर्भमा सेवा निवृत्त वा अवकाश प्राप्त कर्मचारीका लागि दुई वर्षको कुलिङ पिरियड रहने व्यवस्था एकमतले पारित गरिएको थियो। तर समितिकै प्रतिवेदनमा फरक ढंगले प्रस्तुत भयो। सिङ्गो समितिलाई गुम राहमा राख्ने काम भयो। सार्वभौम संसद्को समितिलाई यसरी उपहास गरिनु नेपालको इतिहासमै लज्जाजनक, घृणित अवस्था हो।'

उनले थपे, 'समितिले गरेका निर्णय जस्ताका तस्तै पठाउने दायित्व सभापति र सचिवको हो। अन्य मन्त्रालयबाट जे आयो त्यसैलाई सही गरेर पठाइएको भनाइ गैर जिम्मेवार हो। नैतिकताको हिसाबले सभापति र सचिवज्यूले यो समितिको नेतृत्व लिन मिल्दैन।'


सांसद गिरीले दोषीलाई कारबाहीको विषय बनाउनुपर्ने माग राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका ...
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...