मुख्य समाचार
नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित
नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित

। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।

तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले १-१ गोल गरे । नेपालले दुवै हाफमा ४-४ गोल गर्‍यो ।




डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

दोस्रो हाफको ५४औं मिनेटमा गिताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने ६२औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल ६-० ले अघि बढ्यो ।



७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् भने ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् । श्रीलंकाले भने खेलभर एउटा फितलो प्रहार बाहेक कुनैपनि मौका बनाउन सकेन ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।

लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।

आजै घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । यदी उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । आज हुने अर्को खेलको नतिजापछि अन्तिम खेलमा नेपाललाई कस्तो नतिजा चाहिने भन्ने टुङ्गो लाग्नेछ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...