मुख्य समाचार
मध्य रुसमा युक्रेनको ड्रोन हमला, तीनको मृत्यु, ४५ घाइते
मध्य रुसमा युक्रेनको ड्रोन हमला, तीनको मृत्यु, ४५ घाइते

। युक्रेनले मध्य रुसको इजेभ्स्क शहरमा अवस्थित एक कारखानामा ड्रोन हमला गर्दा ३ जनाको मृत्यु भएको छ र ४५ जना घाइते भएका छन्।

उद्मुर्तिया क्षेत्रका गभर्नर अलेक्सान्द्र ब्रेच्लोवले घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।

उनले हमलाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइसकेका छन्। लगत्तै उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

ड्रोनहरूले कुपोल इलेक्ट्रोमेकानिकल प्लान्टलाई निशाना बनाएको बताइएको छ। जमिनबाट हावामा प्रहार गर्ने मिसाइल र रडार स्टेशन उत्पादन गर्ने यो एक सैन्य कारखाना हो।

युक्रेनी सञ्चारमाध्यमका अनुसार, यो कारखाना ओसा हवाई रक्षा प्रणालीको उत्पादनमा पनि विशेषज्ञ मानिन्छ। यसले धेरै प्रकारका ड्रोनहरू पनि विकास गरेको छ।

बीबीसीले एक युक्रेनी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, युक्रेनको सुरक्षा सेवा (एसबीयू) का दुई ड्रोनहरूले करिब १,३०० किलोमिटर टाढा रहेको कुपोल कारखानामा हमला गरेका हुन्।

यो नोभेम्बर २०२४ पछि कुपोल कारखानामाथिको दोस्रो युक्रेनी ड्रोन हमला हो।

अमेरिकाले युक्रेनलाई प्रदान गर्दै आइरहेको सैन्य सहयोग रोक्ने खबर बाहिरिएकै बेला युक्रेनले रूसमाथि हमला गरेको खबर आएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...