मुख्य समाचार
लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने
लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने

। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ ।

उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुने होडमा छन् ।




लगातार दुई खेल हारेको लाओस र श्रीलंका समूह विजेता बन्ने होडबाट बाहिरिसकेका छन् । नेपाल र उज्बेकिस्तान दुवैले कुनै गोल नखाई लाओस र श्रीलंकालाई पराजित गरेको छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ८-० ले पराजित गर्‍यो । उता पहिलो खेलमा श्रीलंकालाई १० गोल हानेको उज्बेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो ।



नयाँ कप्तान सावित्रा भण्डारी र नयाँ प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेतृत्वको नेपाली महिला टोलीले सुरुवाती दुई खेलमा गज्जबको प्रदर्शन गरेको छ । अब त्यो लय समूहको अन्तिम खेलमा पनि कायम राख्नुपर्ने बेला आएको छ ।

उज्बेकिस्तानले लाओसविरुद्ध अन्तिम समयमा २ गोल गरेपछि अब समूह एफको समिकरण रोचक बनेको छ । किनभने दुई खेलबाट नेपाल र उज्बेकिस्तानले समान १७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् । यस्तोमा दुवैको गोल अन्तर अहिलेसम्म बराबर नै छ ।

यदि उज्बेकिस्तानले लाओसलाई कम गोल गरेको भए अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग बराबरी गरेपनि समूह विजेता बन्न सक्थ्यो । तर अब गोलअन्तर बराबरी हुँदा दुवै टिमलाई अन्तिम खेल महत्वपूर्ण बनेको छ । एसियन कपमा पुग्नका लागि यो खेल अघोषित फाइनल जस्तै बन्नेछ ।

यदि नेपाल र उज्बेकिस्तानबीच समूह चरणको अन्तिम खेल बराबरीमा सकिएमा फेयर प्लेबाट समूह विजेताको टुङ्गो लगाउनुपर्ने स्थिति आउन सक्छ । किनभने बराबरी भएमा हेड टु हेड गोल अन्तर, धेरै गोल गरेको कुनै पनि मापदण्ड लागु हुने छैन । यस्तोका पहेँलो कार्ड कसले बढी पाएको छ हेरिन्छ ।

नेपालकी विमला विकले पहिलो खेलमा पहेँलो कार्ड सामना गरेकी थिइन् । यदि अन्तिम खेल बराबरी नभएर कुनै टोलीले स्पष्ट नतिजा निकालेमा त्यो टोली नै समूह विजेता बनेर महिला एसियन कपमा छनोट हुनेछ ।

लगातार दुई खेलमा क्लिनसिट सहित सानदार जित निकालेपछि नेपाली टिमकी नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले टिम इफोर्टले गर्दा यो सम्भव भएको बताइन् । ‘समग्रमा राम्रो भयो । टिमवर्कले गर्दा नै राम्रो भएको छ’ उनले भनिन् ।

कप्तान सावित्राले अन्तिम खेलमा उज्बेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी छन् । ‘निश्चय पनि दुई खेल खेलिरहँदा हामीसँग ६ अंक छ । टिममा सबैसँग पोजिटिभ मेन्टालिटी छ’ उनी भन्छिन्, ‘अब मुख्य चुनौती बाँकी छ र त्यो चुनौतीलाई स्वीकार गरेर हामी फाइट गर्न रेडी छौँ ।’

समूह एफमा उज्बेकिस्तान र नेपाल नै समूह विजेता बन्न मुख्य दाबेदारको रुपमा थिए । लगातार दुई खेल जितेर दुवैले त्यसलाई प्रमाणित गरिसकेका छन् । अब नेपाल र उज्बेकिस्तान मध्ये एक टिम मात्र एसियन कपमा पुग्ने भएकोले दुवैलाई अन्तिम खेल महत्वपूर्ण हुनेछ ।

यद्यपी नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेकोले केही दबाब भने हुने सक्छ । अहिलेसम्म नेपाल र उज्वेकिस्तानबीच तीन खेल हुँदा तीनै खेलमा नेपाल पराजित भएको छ ।

सन् १९९९ मा फिलिपिन्समा भएको महिला एसियन कपमा नेपालले पहिलो पटक उज्बेकिस्तानसँग खेलेको थियो । त्यसमा खेलमा नेपाल ६-१ ले पराजित भएको थियो । तर त्यस खेलमा नेपालले ऐतिहासिक गोल गरेको थियो । पेमा डोल्मा लामाले उज्बेकिस्तानविरुद्ध गरेको त्यो गोल नै नेपाली महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

त्यसपछि नेपालले सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले उज्बेकिस्तानसँग दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । समूह चरणमा २-० ले पराजित भएको नेपाल उज्बेकिस्तानसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यसबेला फाइनलमा हालका कप्तान सावित्राले उज्वेकिस्तान विरुद्ध २ गोल गरेकी थिइन् । तर त्यो जितका लागि पर्याप्त भएन ।

अहिलेसम्म तीन खेल खेल्दा नेपालबाट उज्बेकिस्तान विरुद्ध गोल गर्दे पेमा र सावित्रा दुई खेलाडी मात्र हुन् । तीन खेलमा उज्बेकिस्तानले ११ गोल गर्दा नेपालले जम्मा ३ गोल मात्र गरेको छ ।

नेपालले उज्बेकिस्तान विरुद्ध पहिलो गोल गर्दा सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यसको २६ वर्षपछि फेरि एसियन कप पुग्ने लक्ष्यमा रहेको नेपालका लागि अहिले त्यही उज्बेकिस्तान मुख्य चुनौतीको रुपमा रहेको छ ।

उज्बेकिस्तानले १९९९ पछि सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो । उज्बेकिस्तान पनि २२ वर्षपछि महिला एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।

घरेलु मैदान र समर्थक हुँदा उज्बेकिस्तानलाई घरेलु मैदानमा खेल्दा फाइदा हुन सक्छ । नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेको इतिहास रहेकोले यस पटक उज्बेकिस्तानलाई हराउँदै एसियन कप पुगेमा महिला फुटबलमा नयाँ उपलब्धि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई शृङ्खलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्यान्डस्ससँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले अविजित ६१ रन बनाए । नोआ ...
: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ ले पराजित भएको हो । नेपाल श्रीलंकासँग पहिलो, चौथो र पाँचौं सेटमा हार व्यहो¥यो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोर्‍यो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ ...
: एसियन गेम्स–२०२६ को महिला भलिबल अन्तर्गत नेपालले समूह ‘ए’ मा रहेर खेल्ने भएको छ । जापानमा हुने प्रतियोगितामा नेपालले समूह ‘ए’ मा रहेर जापान र इन्डोनेसियासँग खेल्ने छ । समूह ‘बी’ मा चीन, काजाकिस्तान र फिलिपिन्स रहेका छन् । समूह ‘सी’ मा थाइल्यान्ड, चाइनिज ताइपेइ, कीर्गिस्तान र मंगोलिया रहेका छन् । समूह ‘डी’ मा ...
: आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उट्रेचमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.४ ओभरमा १५७ रन बनाउँदै अलआउट भयो। आज पनि नेपालको ब्याटिङ चलेन। नेपालका लागि मध्य क्रममा आएका आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा ४ ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–टुअन्तर्गत नामिबियासँगको खेलमा नेपालको ब्याटिङमै समस्या देखिएको छ। नेदरल्यान्ड्समा मंगलबार भएको विश्वकप क्रिकेट लिग–टुको त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलोे खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो। नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। नामिबियालाई फराकिलो जित दिलाउन जान ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम