मुख्य समाचार
इजरायल जाने ६६ नेपालीसँग सम्झौताको तयारी, सरकारले बोलायो सम्पर्कमा
इजरायल जाने ६६ नेपालीसँग सम्झौताको तयारी, सरकारले बोलायो सम्पर्कमा

। इजरायलमा सहायक श्रमिक (केयर गिभर)को रुपमा जान छानिएका ६६ जना नेपालीलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

इरानसँगको युद्धको त्रास कम भएसँगै इजरायलले ६६ जना नेपालीको सम्झौता पत्र पठाएपछि विभागले भिसा लगायत थप प्रक्रियाका लागि सम्पर्कमा बोलाएको हो ।




वैदेशिक रोजगाार विभागका अनुसार असार २० गते र २२ गते सम्पर्क मिति तोकिएको छ ।

क्रमसंख्या १ देखि ३३ सम्मका उम्मेदवारहरुलाई असार २० गते बिहान साढे १० बजे र ३४ देखि ६६ सम्मका उम्मेदवारहरुलाई असार २२ गते बिहान साढे १० बजे विभागको कार्यालय ताहचल काठमाडौंमा आउन भनिएको छ ।



सम्बन्धित उम्मेदवारहरुबाट सम्झौता गराई पीआईबीए, इजरायल पठाउन एवं भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाइने भएकाले सम्पर्कमा बोलाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार इजरायल र इनरानबिच युद्ध चर्किएपछि इजरायल जाने रोकिएको थियो । अहिले युद्धको त्रास कम भएसँगै पुन: करार सम्झौता प्रक्रिया अघि बढेको हो ।

इजरायल जानका लागि छनोट भएका अरु नेपाली कामदारको पनि करार सम्झौतापत्र आउने वैदेशिक रोजगार विभागको विश्वास छ ।

पहिलो लटमा ६०० महिला र ४०० पुुरुष गरी एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जना सफल भएका थिए । उनीहरुले पूर्वप्रस्थान अभिमुुखीकरण तालिमसमेत लिईसकेका छन् । उनीहरु इजरायल जाने पर्खाइमा छन् । इजरायल सरकारले करार सम्झौता पठाएपछि भिसा लगायत प्रक्रिया पूरा गरेर उनीहरु इजरायल जान पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...
: सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा परामर्श थालेका छन्। सभामुख घिमिरेले संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका छन् । सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुनुपर्ने जिकिर गरे । पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर ...
: सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको निर्णय सदर गरेको छ । तीनथरी रायसहित सर्वोच्चका ५ जना न्यायाधीशको इजलासले बुधबार मध्यराति फैसला गरेको हो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगातका संवैधानिक आयोगमा दुई चरणमा ५२ जना पदाधिकारीको नियुक्तिको सिफारिस गरेको थियो । ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् । बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए । ‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति ...