मुख्य समाचार
राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताए
राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताए

। नेकपा एमाले सांसद बासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हो भन्न पनि लाज लागेको बताएका छन् ।

बुधवारको उक्त समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडमा भएको चलखेलका कारण सांसदहरूलाई आम नागरिकले गिज्याइरहेको बताएका हुन् ।




‘राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हौँ भन्न पनि लाज लाग्न थाल्यो,’ उनले भने, ‘नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, यो सामान्य खालको घटना होइन ।’

उनले थपे, ‘समितिको मात्र होइन, सिंगो संसदको अवहेलनाको काम गर्नुभएको छ ।’



सांसद घिमिरेले कुलिङ पिरियडमा दुई वर्ष हुनु हुँदैन भनेर भैलो खेल्न गएकाहरू पनि यसको छानबिनको दायरामा आउने बताए ।

सांसद घिमिरेले अधिकार सम्पन्न छानबिन समिति निर्माण गरेर दोषीउपर कारबाही गर्नुपर्ने माग गरे ।

उनले आम नागरिकले सांसदहरूले छलकपट गरेर ऐन पारित गरेको भन्दै आफूहरूको बेइज्जत गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यका तर्फबाट प्राप्त सबै सेवासुविधा त्यागेकी छन् । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् । गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः ...
। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिबारे छलफल भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज केहीबेर चलेको सचिवालय बैठकमा रामकुमारीको विषयले प्रवेश पाएको हो । बैठक स्रोतका अनुसार अध्यक्ष माधव नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइएकाले रामकुमारीबारे प्रसंग उठेको थियो । ‘रामकुमारी झाँक्रीले अध्यक्षबारे अभिव्यक्ति दिदा त्यही कार्यक्रममा मेटमणि चौधरी पनि हुनुहुन्थ्यो । त्यसैले उहाँ ...
। सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया रोक्न दिएको अन्तरकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सरकारले विस्तारित कर्जा सुविधा लिँदा १० वाणिज्य बैंकको एलपीआर (पूर्ण लेखापरीक्षण) गर्न पर्ने भनेको ...
। पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् । बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकको छलफलमा भाग लिँदै उनले गम्भीरताका साथ अन्तर्र्राष्ट्रिय प्रचलनअनुसार कानुनहरू निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताएका हुन् । सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन्। प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए।