मुख्य समाचार
खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु
खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

। महोत्तरीको मरहा खोलामा बालुवागिट्टी झिक्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका १० जलिल टोलीका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल रहेकी छन् ।




महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टका अनुसार बुधबार अपराह्न साढे ४ बजेको समयमा मरहा नदीको किनारमा बालुवागिट्टी झिकिएको खाल्डोमा जमेको पानीमा दुई बालिका नुहाउन पुगेका थिए ।

करिनाकुमारी पहिले नुहाउन पसेपछि उनी डुबेकी थिइन् । सँगै गएकी बालिकाले स्थानीयलाई बोलाएपछि स्थानीयले निकालेका थिए । उपचारका लागि बर्दिबास लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको डीएसपी भट्टले बताए ।



क्रसर उद्योगीले त्यस क्षेत्रबाट अवैध रूपमा गिट्टी बालुवा झिक्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा परामर्श थालेका छन्। सभामुख घिमिरेले संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका छन् । सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुनुपर्ने जिकिर गरे । पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर ...
: सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको निर्णय सदर गरेको छ । तीनथरी रायसहित सर्वोच्चका ५ जना न्यायाधीशको इजलासले बुधबार मध्यराति फैसला गरेको हो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगातका संवैधानिक आयोगमा दुई चरणमा ५२ जना पदाधिकारीको नियुक्तिको सिफारिस गरेको थियो । ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् । बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए । ‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति ...
: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारबाट राज्यका तर्फबाट प्राप्त सबै सेवासुविधा त्यागेकी छन् । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् । गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः ...