मुख्य समाचार
गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिए
गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिए

। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वमन्त्री मोहन बस्नेतले आफू माथि लगाएको आरोपलाई फोहोरको संज्ञा दिएका छन् ।

बुधबारको पार्टी बैठक पछि बस्नेतको बोलीप्रति छोटो प्रतिक्रिया दिँदै थापाले फोहोर चलाएर म फोहोरी बन्न नचाहने बताए ।




टेरामक्स भ्रष्टचार मुद्धामा धरौटी बुझाएका बस्नेतले केन्द्रीय समिति बैठकमा महामन्त्री थापाप्रति खनिएका थिए ।

बस्नेतको बोलीप्रति टिप्पणी गर्दै थापाले भने,‘बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए दिइहाल्नुपर्छ ।



आमाले भन्नुहुन्थ्यो, ‘फोहोर नचलाउनु-फोहोर चलाए आफैँ फोहोरी भइन्छ । आज म आमाको कुरा सुन्छु ।’

कांग्रेसको केन्द्रीय समितिको बैठक १६ असारदेखि जारी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चुमनुब्री-७ छेकम्पारबाट तिब्बती क्षेत्र आवतजावत गर्ने ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले अंग्रेजी महिना जुलाईको १ तारिखदेखि नाका खुल्ला गरेको निवर्तमान वडाध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए । यसअघि द्विपक्षीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरू सम्मिलित सीमा सुरक्षा बैठक गरेर मात्र नाका खुल्ला गर्ने तयारी भए पनि गृह मन्त्रालयको आदेश आउन ढिला भएपछि बैठक बिनै नाका खुल्ला गरिएको लामाले ...
। रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका ...
: नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन्। यसअघि बिहीबार पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधेको विषय निराधार भएको बताएकी थिइन्। उपाध्यक्ष खतिवडाले झाँक्रीको अभिव्यक्तिका विषयमा अनुशासन आयोगले निश्चित ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उम्मेदवारको सूची ...
: युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो। प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा ...