मुख्य समाचार
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने

। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम दोस्रोपटकका लागि तोकिएको मितिमा पनि सम्पन्न नहुने भएको छ ।

बुधबार सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै स्तरोन्नतिको काम आगामी आर्थिक वर्षसम्म पुग्ने जनाएको हो । स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले पनि असार मसान्तसम्म काम पूरा नहुने जानकारी दिएका छन् ।




पहिलोपटक फागुन २१ देखि काम सुरु भएर वैशाखको २४ गतेभित्र काम सकिसक्ने योजना रहेपनि सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र जसरी पनि काम सकाउन निर्देशन दिएका थिए र सोही अनुसार म्याद थप गरिएको थियो ।

तर प्राकृतिक तथा विभिन्न प्रावधिक कारणले काम सम्पन्न हुन नसक्ने जानकारी दिइएको हो । फ्लडलाइटको बेस निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको भएपनि सामान नआइपुगेकाले काम अघि बढ्न सकेको छैन ।



‘निर्माण व्यवसायीले वर्षा र अन्य कारणले गर्दा काम सम्पन्न हुन नसकेको जनाएका छन्, हामी विश्लेषण गर्दैछौं, केके कारणले कार्यप्रगतिमा ढिलाइ भएको हो त्यो विश्लेषणपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर पनि म्याद थप गर्न सकिन्छ’ आयोजना प्रमुख कण्ठले भनेका छन् ।

‘अहिलेसम्मको अवस्थामा प्यारापिटतर्फ ७० प्रतिशत भौतिक प्रगति भएको छ, फ्लडलाइटतर्फ ४० प्रतिशत मात्र काम भएको छ’ उनले भने ।

यसअघि अनलाइनखबरसँगको फिल्ड कुराकानीमा निर्माण कम्पनीले समयमै काम सम्पन्न गरिने दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...