मुख्य समाचार
वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर
वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर

। नेकपा माओवादी केन्द्रले वर्तमान सरकारको वैधता राजनीतिक रुपमा समाप्त भएको जिकिर गरेको छ । जनताको मनमस्तिष्कबाट पनि सरकार विस्थापित भइसकेको माओवादीको भनाइ छ ।

आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ । जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’




वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गर्न नसकेको माओवादी केन्द्रको निष्कर्ष छ ।

प्रवक्ता सापकोटाले भने, ‘वर्तमान सरकार दिनदिन विस्थापित हुँदैछ, कलंकको रूपमा स्थापित हुँदैछ ।’



उनले सरकारले राजनीतिक प्रतिशोधको आधारमा विपक्षीलाई प्रहार गरेको र बिचौलियाको संरक्षण गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको जिकिर गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता झाँक्रीले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको जिकिर गरिन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको ...
: सभामुख देवराज घिमिरेले कुलिङ पिरियड प्रकरणमा छानबिन समिति बनाउने विषयमा परामर्श थालेका छन्। सभामुख घिमिरेले संसदमा रहेका शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्। राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन समितिका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेपछि घिमिरेले मोडालिटी र टीओआरबारे छलफल गरेका हुन्। छलफलमा समितिका सभापति रामहरि खतिवडा, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस ...
। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले केन्द्रीय समितिको बैठकमा भ्रष्टाचारका आरोपितले विषवमन गर्दा अरु टुलुटुल हेर्ने अवस्था आएको बताएका छन् । सिवाकोटीले पूर्वमन्त्री मोहन बस्नेतप्रति संकेत गर्दै भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुनुपर्ने जिकिर गरे । पार्टीबाट अलग बसेर बस्नुको साटो केन्द्रीय समितिमा थप समय लिएर ...
: सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको निर्णय सदर गरेको छ । तीनथरी रायसहित सर्वोच्चका ५ जना न्यायाधीशको इजलासले बुधबार मध्यराति फैसला गरेको हो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगलगातका संवैधानिक आयोगमा दुई चरणमा ५२ जना पदाधिकारीको नियुक्तिको सिफारिस गरेको थियो । ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सक्कली र नक्कली समाजवादी छुट्याउन मुस्किल भएको बताएका छन् । बिहीबार समाजवादी दर्शनको रूपरेखा पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले पूँजीवाद व्यक्तिवादमा र समाजवाद सामूहिकतामा आधारित दर्शन भए पनि यसको व्यवहारिक प्रयोग निकै ठूलो अन्तरविरोध देखिएको बताए । ‘भन्दा समाजवाद मार्क्सवाद भन्ने व्यवहारमा प्रयोग व्यक्तिवादको गर्ने प्रचलन र प्रवृत्ति ...