मुख्य समाचार
गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु : रामहरि खतिवडा
गल्ती देखियो भने जस्तोसुकै सजाय भोग्न तयार छु : रामहरि खतिवडा

। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीमा आफ्नो संलग्नता रहे जस्तोसुकै सजाय भोग्न पनि तयार भएको बताएका छन् ।

बुधबार समितिको बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।




‘यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छु’ सभापति खतिवडाले भने, ‘गल्ती देखियो भने रामहरि खतिवडा जस्तोसुकै सजाय भागी बन्न तयार छु ।’
साथै, उनले निजामती विधेयकको कुनै पनि इस्यूमा समितिको कार्यअधिकार भन्दा बाहेकमा रहेर कहिल्यै पनि कुनै शब्द नथपेको बताए ।

‘कुनै पनि इस्यूमा समितिको कार्यभन्दा बाहेक मैले थपेको भनेको ‘राजीनामा दिएपछि’ र ‘अन्य सरकारी’ भन्दा बाहेक केही थिएन,’ उनले भने ।



उनले आफ्नो राजनीतिलाई नै सक्ने गरी समितिका काममाथि प्रश्न उठाउने काम भएको बताए ।

‘राजनीतिमा कसैको निगाहबाट आएको होइन । मेरो बाउ शहीद भएर पनि आएको होइन चन्दा दिएर पनि आएको होइन’ खतिवडाले भने, ‘राजनीतिमा दु:ख गरेर आएको हुँ । निष्ठा र प्रतिष्ठसँग म आज पनि दृढ छु । ममाथि आक्रमण प्रहार भएको छ ।’

उनले आफू मात्रै नभई संसद्माथिकै प्रहार भएको पनि बताए ।

आफ्नो समितिले विभिन्न ठूला उपलब्धि गरेको भए पनि यसपटकको यो विषयलाई लिएर खुइल्याउने काम हुन थालेको पनि बताए ।

‘कतिपय निजामती कर्मचारीको काम र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ । कतिपय कर्मचारी आफू मात्रै खाऔं भन्ने खालको पनि हुनुहन्छ । त्यसलाई कन्ट्रोल गर्नका लागि पनि हामीले कुलिङ पिरियड ल्यायौं,’ खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकार्पण गर्दै प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन्। प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको ...
। मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउनेमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको ग९प २२०६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना४ख ५००७ नम्बरको जिपले ठक्कर दिएको थियो । प्रहरीका अनुसार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार पहिचान नखुलका दुई जना पुरुष उछिटिएर एसआर६९बी५६२२ नम्बरको एलपी ग्यास ...
: मुस्लिम धर्मावलम्बीको पर्व मोहर्रमा निकालिने ‘ताजिया’ अर्थात ‘दाहा’डिजे र हतियारको प्रदर्शन निषेध गरिने भएको छ। वीरगन्जमा यही असार २२ गते हुने ‘दाहा’लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि बिहीबार वीरगन्ज महानगरका मेयर, जिल्लाका सुरक्षा निकायका प्रमुख र मुस्लिम अगुवाहरू बीच आज छलफल भएको छ। वीरगन्ज महानगरमा भएको छलफलमा ‘ताजिया’ अर्थात ‘दाहा’लाई लक्षित गरी विभिन्न ६ बुँदे ...
बार काउन्सिलको परीक्षा फाराम भर्न नपाएका विद्यार्थीले भेटे शिक्षामन्त्री
। डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ...