मुख्य समाचार
डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ
डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ

। डेटिङ एप बनाएर काठमाडौंमा अवैध धन्दा सञ्चालन गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।




उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर डेभलपमेन्ट कम्पनी प्रालि दर्ता गरी अवैध कल सेन्टर, डेटिङ एप र क्रिप्टो कारोबार गरेको आरोप छ ।

नेपाली युवा युवतीहरुलाई डेटिङ एमार्फत सम्पर्क गरी अनलाइन डेटिङ स्क्याममा लगाउने गरेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । यसका साथै उनीहरुले क्रिप्टोको कारोबार गरेको पनि सीआईबीले बताएको छ ।



उनीहरुको साथबाट प्रहरीले १३ लाख ९९ हजार ९५० अवैध रकम पनि बरामद गरेको छ । यो घटनामा सीआईबीले ५२ जनालाई नियन्त्रणमा लिएको बाँकी ४६ जनालाई भने हिरासत बाहिरै राखेर मुख्य ६ जनालाई हिरासतमै राखेर अनुसन्धन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो । उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको ...
: गुल्मीको धुर्कोट गाउँपालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त पालिकाका रूपमा घोषणा गरिएको छ। आवश्यक प्रक्रिया र सूचकहरू पुरा गर्दै यस्तो घोषणा गर्नेमा धुर्कोट जिल्लामै पहिलो पालिका बनेको हो। गाउँपालिकाको १७ औँ गाउँसभा अधिवेशनको चौथो बैठकमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले औपचारिक रूपमा पालिकालाई बालश्रम तथा सडक बालबालिकामुक्त घोषणा गरेका हुन्। अध्यक्ष पोखरेलले घोषणासँगै बालबालिकाको अधिकार, संरक्षण ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारले पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार एनिमल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कानुन बनाउने कुरामा मन्त्रालय सचेत रहेकोले बताए । ‘यो विषयमा सरोकारवालासँग छलफल गरेर छिट्टै ऐन ल्याउने गरी तयारी गर्छु ’ मन्त्री अधिकारीले भने । एनिमल नेपाललले पशु कल्याण सम्बन्धी चुनौती ...
: चुमनुब्री-७ छेकम्पारबाट तिब्बती क्षेत्र आवतजावत गर्ने ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले अंग्रेजी महिना जुलाईको १ तारिखदेखि नाका खुल्ला गरेको निवर्तमान वडाध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए । यसअघि द्विपक्षीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरू सम्मिलित सीमा सुरक्षा बैठक गरेर मात्र नाका खुल्ला गर्ने तयारी भए पनि गृह मन्त्रालयको आदेश आउन ढिला भएपछि बैठक बिनै नाका खुल्ला गरिएको लामाले ...
। रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका ...