: युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललिपतुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
प्रभाषले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ एकान्तकुनाबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।