मुख्य समाचार
बेंगलुरु घटना : आरसीबीले ४ हप्ताभित्र लिखित जवाफ दिनुपर्ने
बेंगलुरु घटना : आरसीबीले ४ हप्ताभित्र लिखित जवाफ दिनुपर्ने

। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्।

सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको उजुरीमा आरसीबी र केएससीएको चरम लापरवाही र सुरक्षासम्बन्धी मापदण्डको उल्लंघन भएको आरोप लगाइएको छ।




उनले आरसीबी फ्रेन्चाइजलाई निलम्बन गर्नुपर्ने र हाल भइरहेको सम्भावित बिक्री प्रक्रिया तत्काल रोक्नुपर्ने माग गरेका छन्।

‘घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कर्नाटक राज्य क्रिकेट संघ र सम्बन्धित फ्रेन्चाइज आरसीबीलाई उजुरीको जवाफ दिन भनिएको छ’ न्यायाधीश मिश्रले आफ्नो आदेशमा उल्लेख गरेका छन्।



गत महिना जुन ४ मा बेंगलुरुको घरेलु मैदान समेत रहेको एम चिन्नास्वामी रंगशालाबाहिर भीड नियन्त्रण बाहिर जाँदा एक महिलासहित ११ जनाको ज्यान गएको थियो।

घटनापछि आरसीबीले उत्तरदायित्वबाट बच्न बिक्री प्रक्रिया अघि बढाएको आशंका पनि उजुरीमा उल्लेख छ। आरसिबी फ्रेन्चाइज बिक्रीको तयारीमा रहेको समाचारहरू पनि बाहिरिएको थियो ।

‘फ्रेन्चाइजले आफूलाई उत्तरदायित्वबाट अलग गर्न खोजिरहेको र सम्भावित रूपमा स्वामित्व बेचेर कानुनी परिणामबाट उम्कन प्रयास गरिरहेको आशंका गरिएको छ। त्यसैले अहिलेलाई यथास्थितिमै कायम रहन भनिएको छ’ आदेशमा उल्लेख छ।

न्यायाधीश मिश्रले उजुरीकर्तालाई जवाफ प्राप्त भएपछि १० दिनभित्र प्रतिउत्तर दिने समयसमेत दिएका छन्। केएससीए र आरसीबीले आफ्नो लिखित जवाफ उजुरीकर्तालाई समेत प्रतिलिपि दिँदै बुझाउनुपर्नेछ।

यसअघि केन्द्रीय प्रशासनिक अधिकरण (सिएटी) ले पनि आरसीबीलाई उक्त भीड जम्मा गराएकोमा जिम्मेवार ठहर गर्दै कर्नाटक सरकारले आईपीएस कुमारमाथि गरेको निलम्बन आदेश खारेज गरिसकेको छ। कुमारले उक्त निलम्बनको चुनौती दिँदै सिएटीमा उजुरी दर्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...