मुख्य समाचार
नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश
नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश

: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो।



जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे।



अर्का ओपनर प्रसिद्ध जैशी २ रनमै क्याच आउट भए। तेस्रो क्रमका ब्याटर श्रीवान्श बजगाई २३ रनमा अविजित रहे। मलेसियाका लागि १ मात्र विकेट नागिनेश्वरन साथ्नाकुमारनले लिए।



त्यसअघि, क्वालालाम्पुरस्थित सेलाङगोर ट्रफमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम मलेसिया ४३.१ ओभरमा ९१ रन बनाउँदै अलआउट भएको थियो।

मलेसियाका लागि मोहम्मद फाथुलले सर्वाधिक ३८ रन बनाए। उनले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गरे। उनलाई नेपालका कप्तान विपिन शर्माले ४३.१ ओभरमा प्रसिद्ध जैसीको हातमा क्याच गराउँदै मलेसियाको अन्तिम विकेट लिएका थिए। मलेसियाका कप्तान दिएज पात्रोले १० रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ अभय यादवले सर्वाधिक ४ विकेट लिए। यस्तै शुभम खनालले ३ विकेट लिँदा सचिन भट्ट र कप्तान विपिन प्रसाद शर्माले समान १–१ विकेट लिए।

नेपालले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनल खेल्नेछ। दोस्रो सेमिफाइनल समूह 'ए'को उपविजेता सिंगापुर र समूह 'बी'को विजेता हङकङबीच हुनेछ। प्रतियोगिताको फाइनल जुलाई ५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...