: जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा दिदी र बहिनीको ढुंगा लागेर मृत्यु भएको छ। बिहीबार बेलुकी ९ बजे टहरामा सुतिरहेकी २० वर्षीया शर्मिला बुढा र १६ वर्षीया चन्द्रा बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय अर्छानेका प्रहरी सहायक हवल्दार नविन सुनारले जानकारी दिए ।
वडाध्यक्ष वीर बहादुर बुढालाई उदृत गर्दै सुनारले भने, 'भुकुम्पपछिको टिनको टहरामा सुतिरहेको अवस्थामा घरभन्दा माथिको भिरबाट एक्कासी ढुङगा खस्दा नरबहादुर बुढाकी छोरी चन्द्रा बुढालाई ढुंगागाले च्यापिएर मृत्यु भएको र सर्मिला बुढा चोट लागी घाइते भई प्राथामिक स्वास्थ्य केन्द्र अर्छाने तर्फ ल्याउँदै गर्दा मृत्यु भएको हो।’
शवलाई टिनको टहरामा ल्याई राखिएको छ।