: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।
पदबाट राजीनामा गर्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री चौधरीलाई पदमुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जानकारी दिएको छ। उक्त मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राखेका छन्।