मुख्य समाचार
गोगर खोलामा लेदोसहितको ठूलो बाढी
गोगर खोलामा लेदोसहितको ठूलो बाढी

: विगु गाउँपालिका-१, गोगर खोलामा लेदोसहितको ठूलो बाढी आएको छ।



बिहिबार दिउँसो परेको ठूलो वर्षापछि गोगर खोलामा बाढी आएको हो। गोगर खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएकाले लेदोसहितको बाढी आएको हुनसक्ने स्थानीयको अनुमान छ।



बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ रातामाटेमा भएको गाडी दुर्घटनामा ५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचारका निम्ति घाइतेहरुलाई काठमाडौंतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । घाइतेहरुमा पर्सा जिराभवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु, भारत विहारका ३९ वर्षीय ...
— आगामी आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना ...
— रौतहटमा आज बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा विजयपुर-२ शीतलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो । खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । मृतकको ...
— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकार भूमिहीन र अव्यवस्थित बसोबासोका समस्या समाधान गर्न तदारुकताको साथ काम गरिरहेको बताएका छन्। पश्चिम नवलपरासीको बर्दघाटका भूमिहीनलाई जग्गा धनी लालपूर्जा वितरण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । स्थानीय तह र जिल्ला स्थित भूमि आयोग सक्रिय हुनुपर्ने र त्यसका लागि आवश्यक समन्वय बढाउन उनको आग्रह ...
— एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् । प्रतिनिधिसभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए । ...