मुख्य समाचार
घर नजिककैको माछा पोखरीमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु
घर नजिककैको माछा पोखरीमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु

: घर नजिककैको माछा पोखरीमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु भएको छ।



मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-११ अरौराकोटका अनिल अंसारीका ५ वर्षीय छोरा सुफेल अंसारी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ।



विद्यालयबाट पढेर घरमा आएका सुफेल साथीहरूसँग खेल्न जाँदा पोखरीमा डुबेको परिवारजनले जनाएका छन्।



पोखरीबाट उद्धार गरी निकालेर उनलाई कपिलवस्तु अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भई सकेको कपिलवस्तु अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् । प्रतिनिधिसभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए । ...
— बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
— राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा ...
— आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सिफारिस गर्ने बेला सांसददेखि प्रदेश र स्थानीय तहबाट आफूहरूका योजना समेटिदिन दबाब बढेपछि सहरी विकास मन्त्रालयले टुक्रे योजना समेट्नुपरेको बताएको छ । त्यस्तै केही सञ्चालनमा रहेका योजना पनि सम्पन्न गर्न हजार र लाखमा बजेट विनियोजन गर्नुपरेको मन्त्रालयले प्रस्ट्याएको छ । संघीय बजेटमा तीन करोड रुपैयाँभन्दा मुनिका टुक्रे योजना समावेश नगर्ने ...
— सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला शुक्रबार खोलेको छ । बुधबार सर्वोच्चका न्यायधीश नृपध्वज निरौलाको इजलासले तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश दिएको थियो । संघले उपकुलपति, रेक्टर, रजिष्ट्रार र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको थियो । असार २२ गते त्रिवि सभाको आयोजना गरिएकाले त्यसका लागि ताला खोलिएको ...