। काठमाडौंको बालकुमारीमा टिपरले दुई वटा नीजि कार र एउटा ट्याक्सीलाई ठक्कर दिएको छ ।
बिहीबार राति साढे ९ बजेतिर कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको दुई वटा नीजि कार र ट्याक्सीलाई बालकुमारीतिरबाट कोटेश्वरतर्फ आउँदै गरेको टिपरले ठक्कर दिएको हो ।
बा ०१००६ ख ३९१६ को टिपरको ठक्करबाट बीवाईडी कम्पनीको बा ०१०२९ च ५८०२ नम्बरको नीजि कारका चालक गम्भीर घाइते भएका ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुर्य प्रसाद पौडेलले जानकारी दिए ।
घटनामा कार चालक गम्भीर घाइते भएको उनले बताए । ‘बीवाइडीका चालकको करङ भाचिएको भन्ने जानकारी छ, अरु एउटा कार र ट्याक्सी चालक सामान्य घाइते छन्’, उनले भने ।
घाइतेहरुको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ । कोटेश्वरतिरबाट गएको टिपरले बालकुमारीनजिक नियन्त्रण गुमाएर बा ९ च २६२९ र बा ०१००२ च ६१११ नम्बरको ट्याक्सी र कारलाई ठक्कर दिएको ट्राफिक इन्सपेक्टर पौडेलले बताए ।
उनका अनुसार ठक्कर दिने टिपरसहित चालक ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा छन् ।
प्रहरीले टिपर, दुई वटा कारका चालक र ट्याक्सी चालकको पहिचान खुलाएको छैन ।
‘अबेर रातिको घटना हो, विहानसम्म सम्पूर्ण विवरण अद्यावधिक होला’, ट्राफिक इन्सपेक्टर पौडेलले भने । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।