मुख्य समाचार
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेटमाथि सांसद र दलहरुले उठाएका सवालको कार्यान्वयनमा सहमत
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेटमाथि सांसद र दलहरुले उठाएका सवालको कार्यान्वयनमा सहमत

। बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ल्याएको बजेटमाथि सांसद र दलहरुले उठाएका सवालको कार्यान्वयनमा सहमत भएको छ ।

आज बिहीवार दिउँसो प्रदेशसभा बैठक सञ्चालन पूर्व सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच बजेटमा देखिएका त्रुटि सच्याउनेदेखि अनाधिकृत रुपमा बजेटमा समावेश भएका आयोजाहरुमाथि छानबिन गर्न लिखित सहमति गरेको हो । लिखित सहमतिपछि मात्रै प्रदेशसभा बैठक ६ बजे सञ्चालन गरिएको थियो ।




बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा, सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, राप्रपा संसदीय दलका नेता उद्धव थापालगायतका दलहरुबीच ८ बुँदे सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आव २०८२÷०८३ को प्रदेश सभामा पेश भएको विनियोजन विधेयकमाथि देखिएका कमिकमजोरीलाई सच्याएर अगाडी बढ्ने दलहरुबीच सहमति भएको जानकारी दिए ।



लिखित सहमतिमा प्रदेश सभामा पेश भएको विनियोजन विधेयकमा भएका नीतिगत त्रुटिलाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । अनाधिकृत रुपमा बजेट कार्यक्रममा समावेश आयोजनाहरुको आवश्यक छानविन गरि मात्र कार्यान्वयन गर्ने र १० लाख भन्दा माथिका सबै आयोजनाहरु टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्ने सहमतिमा छ ।

बहुवर्षीय आयोजनाहरुमा अपुग भएको बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने र कम रकम भएका क्रमागत आयोजनाहरुमा आवश्यकताको आधारमा रकम थप गरि कार्यान्वयन गर्न सरकार सहमत भएको हो ।

यस्तै, गैरसरकारी, प्रा.लि. र सामाजिक संघसंस्थालाई विनियोजन भएको चालु खर्च मार्फत दिइने अनुदानका कार्यक्रमहरु कार्यान्वयन नगर्ने सरकारसँग सहमति भएको प्रमुख सचेतक ढकालले अनलाइनखबरलाई बताए ।

सहमति पत्रमा नामै किटान भई बजेट तथा कार्यक्रममा प्रस्तुत भएका गैरसरकारी, प्रा.लि. र सामाजिक संघसंस्थाका चालु अनुदानका कार्यक्रमहरु कार्यान्वयन नगर्ने, प्रस्तावित बजेटमा एक विषयगत मन्त्रालयमा समावेश हुनुपर्ने तर अर्को विषयगत मन्त्रालयमा समावेश भएका कार्यक्रमहरु कार्यान्वयन नगर्ने उल्लेख छ ।

प्रदेश सभामा संकल्प प्रस्तावमार्फत बागमती प्रदेश सरकारको नीतिगत सुधारको लागि संकल्प प्रस्ताव पेश गरि कार्यान्वयनमा लैजाने, आगामी आर्थिक वर्षमा बजेट तयार गर्दा प्रदेश सभामा रहेका दलहरुसँग छलफल तथा आवश्यक नीति समेत तय गरेर मात्र बजेट निर्माण गर्ने सहमति सरकार र दलहरुबीच भएको हो ।

सरकार र दलहरुबीच लिखित सहमति भएपछि यसअघि १२ असार र १६ असारमा तय भएर बस्न नसकेको प्रदेशसभा बैठक आज साँझ ६ बजेबाट मात्रै सुरु भएको थियो । प्रदेशसभाका विपक्षी दलहरुले बजेटमा देखिएको त्रुटि सच्याउने लिखित सहमझदारी नभएसम्म बैठक सञ्चलान गर्न नदिने अडान लिएका थिए ।

आज बसेको प्रदेशसभा बैठक साढे ३६ मिनेटमा सकिएको छ । बैठक राप्रपाले बहिष्कार गरेको छ । बहिष्कारका बीच सभामुख पाठकले बैठकलाई अगाडि बढाउँदै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई मध्यकालिन खर्च संरचना आर्थिक वर्ष २०८२÷८३ देखि २०८४÷८५ सम्म पेश गर्न समय दिए ।

सभामुख पाठकले बैठकमा बोल्ने समय माग गरेकाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामालाई समय दिए ।

प्रदेशसभा बैठक भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । भोलिबाट बजेटमाथिको छलफल सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ तत्काल ऐनको रूपमा जारी गर्न माग गरेको छ। संघले हालै जारी गरेको विज्ञप्तिमा सरकार र राजनीतिक दलहरूले शिक्षाजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ। शिक्षक छनोट योग्यताको आधारमा १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र गर्नुपर्ने, शिक्षालाई युगसापेक्ष, प्रविधिमैत्री र गुणस्तरीय बनाउनु पर्ने, साथै राहत शिक्षक र अस्थायी ...
चोभार गल्छीबाट ऐतिहासिक चट्टान हटाउने कुनै योजना छैन : शहरी विकास मन्त्रालय
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको ...
। पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी ...
: मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको हो। ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार दोङले ना ५ ख ५६१६ नम्बरको ट्रक चलाउँथे। उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर ...