निजामती विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजियो : सांसद
निजामती विधेयक राष्ट्रिय सभाबाट गायब पार्न खोजियो : सांसद

— एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् ।


प्रतिनिधिसभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए । विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले राष्ट्रिय सभा सदस्यहरूलाई वितरण नगरिएकोमा उनले आ‍पत्ति जनाएका हुन् । ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामती सेवासम्बन्धी विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन,' भुसालले भने, 'यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रुपमा विवाद उठेको छ । यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।’

निजामती सेवाका र सरकारी कर्मचारीलाई अवकाश वा राजीनामापछि कुनै पनि संवैधानिक, सरकारी र कूटनीतिक लगायतका नियुक्ति २ वर्षसम्म लिन नमिल्ने व्यवस्था राज्यव्यवस्था समितिले गरेको थियो । सर्वसम्मतिले राखेको उक्त व्यवस्था निष्प्रभावी पार्ने गरी अर्को व्यवस्था कायमै राखिएकोमा विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका ...
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...