मुख्य समाचार
एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने
एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने

— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ ।


बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो ।

दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ । नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । सिंगापुर भने नेपालकै समूहबाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

समूहचरणमा नेपालसँग पराजित भएको सिंगापुरले बिहीबार हङहङलाई हराउँदै फाइनल खेल नेपालसँगै पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिगांपुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको थियो ।

बिहीबार भएको पहिलो खेलमा नेपालले घरेलु टोलीमाथि ९ विकेटको सानदार जित निकाल्यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि ओपनर परिमार्जन यादवले शानदार अर्धशतक प्रहार गरे । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए ।

तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए । त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए ।




बलिङमा मलेसियाका लागि नागिश्वरण सथकुमारनले १ विकेट लिए । त्यसअघि टस हार्दै मेलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ९० रन बनाएको थियो ।

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो ।

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए । ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् ।

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । १० ओभरमा उनले १५ रन खर्चिए । यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए । कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...