— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकार भूमिहीन र अव्यवस्थित बसोबासोका समस्या समाधान गर्न तदारुकताको साथ काम गरिरहेको बताएका छन्।
पश्चिम नवलपरासीको बर्दघाटका भूमिहीनलाई जग्गा धनी लालपूर्जा वितरण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । स्थानीय तह र जिल्ला स्थित भूमि आयोग सक्रिय हुनुपर्ने र त्यसका लागि आवश्यक समन्वय बढाउन उनको आग्रह छ। बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दोहोरो दर्ता,अनियमित दर्ता लगायतका सम्स्याहरु देखा परेकाले तत्काल केन्द्र सरकारले यस तर्फ ध्यान दिन आग्रह गरे ।
बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८ सय ४४, भूमिहीन सुकुम्वासी १ हजए ४ सय ८१ र अव्यवस्थित बसोबासी ४ हजार ९सय ४५ गरी कुल ७ हजार २ सय ७० जनाको निवेदन दिएका छन् ।
जिल्ला भूमि आयोग नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले भूमिहीनहरू बसोबास गर्दै आएका कतिपय जमिनहरू खरबारी, घोल जस्ता क्षेत्रहरू भनेर उल्लेख भएकाले काम गर्न समस्या भएको बताए । बर्दघाट नगरपालिका-५ मा ६७ जनालाई पूर्जा वितरण गरिएको छ।