नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ
नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ

— बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका-२ घर भएर सेनामा कार्यरत रहेको परिचयपत्र राखेका २६ वर्षीय सन्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको हो ।

उनले पक्राउ परेका आलेको परिचयपत्र नक्कली हो कि सक्कली हो भन्ने बारेमा समेत अनुसन्धान भइरहेको बताए । सेनाको परिचयपत्र बोकेका आलेलाई बैजनाथ गाउँपालिकास्थित घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय वनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा सन्जुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार सन्जुको घरमा लागूऔषध लुकाइएको विशेष सूचनाका आधारमा खटिएको टोलीले जाँच गर्ने क्रममा घरभित्र रहेको जाँडको ड्रमभित्र लुकाइछिपाइ राखेको १० ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका आलेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तिमगरले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कूटनीति र देशको छवि भएको बताएका छन्। शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको थियो। सो विषयमा बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासका ...
— प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो ...
— हेटौंडा प्रहरीले लागूऔषधसहित तीन जना युवालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रको पानीट्यांकी नजिकबाट ट्रामाडोल १७७० क्याप्सुलसहित हेटौंडा उपमहानगरपालिका—१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा—९ मा डेरा लिएर बस्ने २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा— १३ का ४० वर्षीय सोम स्याङ्तानलाई पक्राउ गरेको हो । इलाका ...
— सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ रहेको फोहोर भने हटाउने जानकारी दिएको हो । अविरल वर्षाका बेला चोभार गल्छी आसपास डुबानको समस्या दोहोरिँदै आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयको भनाइ छ । कार्यवाहक ...
— यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रणालीमा समस्या आएकाले सेवा बन्द गरिएको जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको जनाएको हो । ‘अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा (ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणाली) ...