मुख्य समाचार
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

— हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।


खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया, कारङ्गालगायत बस्तीमा यतिबेला टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय शान्ति शाहीले बताइन् । उनका अनुसार दुई साताभन्दा बढीदेखि यस क्षेत्रमा बिहान, दिउँसो र साँझको समयमा टेलिफोन सेवाले काम गर्न छाडेको छ । रायाको ठाना भन्ने स्थानमा रहेको टावरले काम नगर्दा यहाँका सेवाग्राही सञ्चारबाट वञ्चित हुनुपरेको हो ।

त्यसैगरी, सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप र उनापानी गाउँमा पनि नेपाल टेलिकमले काम नगर्दा समस्या बनाएको स्थानीयको भनाइ छ ।

रीप गाउँका विनोद फडेराले मौसम परिवर्तन भएको समयमा वर्षा हुँदा कुनैबेला अचानक क्षति भए पनि फोन गर्न टावर नहुँदा समस्या बनाएको बताए । मोबाइलमा टावर देखाए पनि फोन गर्दा फोन नै नलाग्ने गरेको उहाँको भनाइ छ । यस्तै, पालिका केन्द्र सर्केगाडमा पनि नमस्ते टेलिफोन सेवाले काम गर्न नसकेको सर्केगाडमा व्यवसाय गर्दै आउनुभएका गगन ऐडीले बताए ।

चङ्खेली गाउँपालिका केन्द्र सञ्चारविहीन

जिल्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङ करिब एक महिनादेखि टेलिफोन सेवाबाट वञ्चित बनेको छ । टेलिफोन गर्न डाँडाकाँडा धाउनुपर्ने अवस्था रहेको यहाँका स्थानीयको भनाइ छ । गाउँपालिका केन्द्रमात्रै नभएर प्रायः ठाउँका ग्रामीण क्षेत्रमा हालसम्म पनि टावरका कारण नेटवर्कमा समस्या आइरहन्छ । नेटवर्कले काम नगर्दा टावर खोज्न अग्लो स्थान वा रुखमा चढ्नुपर्ने बाध्यता छ ।




सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भएनभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने स्थानीय बसुना तामाङको गुनासो छ । गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुनेगरी नेपाल टेलिकमले फोरजी टावर निर्माण प्रक्रिया अघि बढाएको भए पनि त्यसले पूर्णता नपाउँदा समस्या बनाएको हो ।

पालिककै मेलछाममा रहेको नेपाल टेलिकमको टावरमा समस्या आउँदा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताए ।

गाउँपालिका कार्यालयमा राखिएको टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता पनि छ । जनताका गुनासा र समस्या धेरै जसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको अध्यक्ष शाहीको भनाइ छ ।

गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरपर्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले बताए । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
। एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकासको गति घटाउन र त्यसको नजिकबाट निगरानी गर्न आह्वान गरेका छन् । शनिबार प्रकाशित एक लेटरमा अमोडेईले एआई विकास रोक्ने विषयमा बहस नभएको बताएका हुन् । यसबाट उत्पन्न हुन सक्ने जोखिम गम्भीर रहेकाले कम्पनी र सरकारहरूलाई त्यसको समाधानका लागि पर्याप्त समय दिनुपर्ने उनको ...
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम