मुख्य समाचार
रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिए
रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिए

— रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । तालिबान सरकारलाई मान्यता दिने रुप पहिलो मुलुकसमेत बनेको छ ।


अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई रुसको कदमलाई 'साहसिक' निर्णयको संज्ञा दिएका छन् । बिहीबार मात्र काबुलमा विदेशमन्त्री मुत्ताकीले रुसका राजदूत दिमित्री जिरनोभसँग भेटवार्ता गरेका थिए ।

सोही भेटघाटमा राजदूत जिरनोभले इस्लामिक इमिरेट अफगानिस्तानलाई मान्यता दिने निर्णय गरेको जानकारी गराएका थिए । मुत्ताकीले रुस र अफगानिस्तानबीचको 'सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक संवाद' अरु देशका लागि उदाहरण हुने बताएका छन् ।

२०२१ अगस्टमा सत्ता कब्जा गरेसँगै मानवअधिकार उल्लंघनका घटना बढिरहेको छ । यसका बाबजुद अफगानिस्तानले औपचारिक मान्यता र अन्तर्राष्ट्रिय लगानीका लागि आग्रह गर्दै आएको थियो । रुसी विदेशी मन्त्रालयले पनि यसबारे जानकारी दिँदै भनेको छ, अफगानिस्तान सरकारलाई औपचारिक मान्यता दिँदा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुनेछ भन्ने हामीलाई विश्वास छ ।' सन् २०२१ अधिकांश देशहरूले काबुलस्थित दूतावास बन्द गरेका थिए । तर रुसले भने बन्द गरेको थिएन ।
रुसले सन् २०२२ मा तालिबानसँग अन्तर्राष्ट्रिय आर्थिक सम्झौता पनि गरेको थियो । उक्त सम्झौताअन्तर्गत रुसले अफगानिस्तानलाई तेल, ग्यास र गहुँ आपूर्ति गरेको थियो । यसै वर्षको अप्रिलमा रुसले तालिबानलाई आतंकवादी संगठनको सूचीबाट हटाएको थियो । पछिल्लो समय रुस र अफगानिस्तानबीच सम्बन्ध सुधार हुँदै गए पनि इतिहास भने सुखद छैन ।

सन् १९७९ मा तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि आक्रमण गरेको थियो । उक्त युद्ध ९ वर्षसम्म चल्यो । उक्त युद्धममा सोभियत संघका झन्डै १५ हजार सैनिक मारिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् । अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, ...
: फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्। डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै ...