मुख्य समाचार
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै
एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दै

: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ।



समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ।



null




पहिलो खेलमा नेपालले लाओसलाई ९–० ले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० ले हराएको थियो। उज्बेकिस्तानले पनि पहिलो खेलमा श्रीलंकालाई १० गोलले पराजित गरेको थियो। दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो। दुवै टिमले हालसम्म क्लिनसिप राखेका छन्। यी दुवै टिमको गोल अन्तर पनि बराबर रहेको छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८९ र १९९९ मा एसियन कप खेलेको थियो।

उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ। पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ।

हालसम्मको हेड टु हेड नतिजामा महिला एसियन कप १९९९ मा नेपाल र उज्बेकिस्तानले खेलेका थिए, जसमा नेपाल ६-१ ले पराजित भएको थियो।

नादेज्दा कप २०१९ मा नेपाल उज्बेकिस्तानले खेलेका थिए। जसमा लिग चरणमा उज्बेकिस्तानले नेपाललाई २–० ले पराजित गरेको थियो। यी दुवै टिम फाइनल प्रवेश गरेका थिए। फाइनलमा पुन: ३-२ ले पराजित गरेको थियो।
यी दुई टिमले एएफसी एसियन कप अन्तर्गत समूह एफको अन्तिम खेलमा चौथोपटक एकअर्काको सामना गर्नेछन्।

नेपालले एसियन कप छनोट भएको अवस्थामा फिफा विश्वकप र २०२८ को ओलम्पिकको छनोटमा समेत अवसर बनाउनेछ। २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको छनोटको आधार पनि एसियन कप रहेकाले नेपालका लागि विश्वकपको सपना पछ्याउने यो एक सुनौलो माध्यम हुन सक्नेछ।
एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टिमले फिफा विश्वकपमा स्थान बनाउनेछन्। सन् २०२८ को ओलम्पिकको लागि पनि नेपालले मौका पाउने छ।

दक्षिण एसियाली फुटबल साफको विजेता बङ्गलादेशले भने पहिलो पटक एसियन कपमा छनोट हुँदै इतिहास रचेको छ। साफको उपविजेता रहेको नेपालका लागि पनि यो असम्भव भने छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम